News Portal

मेराे बिहे गर्ने उमेरमा ममी पो’इला जानुभयो, ब्याच्लर पढ्ने छाेरी रुदैं मिडियामा

एनपर्दा संवाददाता
१७६ पटक

धादिङ । छेउछाउका घरहरू पक्की अवस्थामा छन् । सपना तामाङको घर पुग्दा उनीहरू एउटा खोरमा भोकै बसेको अवस्थामा भेटिए । कालो भएको जस्ताको टहरोमा जीवन गुजारा गरिरहेका सपनाका हजुरबुबा र बहिनी समस्याग्रस्त जीवन बिताइरहेका छन् । धुनीबेसी नगरपालिका ढकालखोला निवासी ११ वर्षीया सपनाले पेटभरि भात नखाएको आठ वर्ष भयो । ज्यान मुद्दा लागेर सपनाका बाबु जेलमा छन् । त्यतिखेर सपना सानै भएकाले कसरी घटना भयो थाहा भएन ।

तर, बाबु जेलमा परेपछि आमा पनि जेल परिन् । केही समयपछि आमाले सफाइ पाएर रिहा भइन् । बाबु नभए पनि सहाराको रूपमा आमा छन् भन्ने आशामा बसेकी सपना तामाङ घर फर्केको केही समयपछि आमाले अर्कैसँग विवाह गरेर गएपछि सपनाको सहारा मात्र हराएन जिम्मेवारीसमेत थपियो ।

सपनासँगै एक वर्षमात्र सानो बहिनी विपना अहिले १० वर्षकी भइन् । उनैले हेर्नुपर्ने भयो । उनीहरू सानै भएकाले बाबुआमाले ज्याला गरेर ल्याएर परिवार पाल्दै आएका थिए ।गरिबीले गाँजेको परिवारमा सबैभन्दा बढी समस्या पर्ने गर्छ भने झैँ सपना र विपनाको सहारा अहिले ७५ वर्षका हजुरबुबा जेठा तामाङ मात्र छन् । घरमा खाने अन्न छैन ।

पुरानो र कालो भइसकेका पकाउने भाँडा अनि अँगेनाको छेउमा ओछ्यान बनाएर सुत्ने गरेको सपना र विपना हजुरबुबाको वृद्धभत्ताले किनेको चामल बचाई बचाई खान्छन् ।योभन्दा बढी अब उनीहरूसँग कुनै आम्दानी छैन । कुनै समय वृद्धभत्ता ढिला आयो भने कैयौँ दिनसम्म उनीहरू भोकै बसेको र छिमेकीले खानेकुरा दिने गरेको सपनाले भक्कानिएर भनिन् ।

विद्यालय जानको लागि पोसाक पुरानो भएको छ । यसबाहेक लगाउने लुगा उनीहरूसँग एक जोर छ । त्यो पनि ज्यादै पुरानो छ । खाना खाने भाँडासमेत छैनन् । पकाउँने भाँडा कालो भएर प्वाल पर्न लागेका छन् ।

यो अवस्था देख्दा सम्बन्धित निकायको ध्यान किन नगएको होला भनी प्रश्न गर्दै सपनाले अध्ययन गर्ने विद्यालय त्रिकुटेश्वरी आधारभूत विद्यालयका शिक्षिक सरस्वती रिमालले आफूले सकेको सहयोग उपलब्ध गराउने बताइन् । ‘मेरो विद्यालयको एउटा विद्यार्थी भोकै बसेको म कसरी हेर्न सक्छु, म केही सहयोग गर्ने छु’, शिक्षिका रिमालले भभनिन् ।

प्रतिकृया दिनुहोस्

फोनमै ओली-प्रचण्डबीच लफडा : ओलीले भने, ‘तपाईँ र म, अब भेटवार्ता पनि नगरौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनमै...

साढे तीन लाखमै नेपालमा बन्छ जापानिज प्रबिधिको यस्तो आकर्षक घर,सम्पर्क गर्न र पुरा जानकारी लिन अवश्य पुरा हेर्नुहोला

काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले nepal आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन...

आफ्नो श्रीमानको भाग्य यी ८ लक्षण भएकी श्रीमतीले चम्काउछिन्, तपाईमा नि छ कि यी लक्षण ?

काठमाडौँ । शारिरिक बनावट, अं’ग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ...

प्रेमी सँ’ग कुरा गर्दा ग’र्दै म्यासेन्जर मै य’स्तो छाडा ह’र्कत (हेर्नुहोस भिडियो)

आज भोली प्रबिधिले निकै ठुलो फड्को मारेको छ । यो बिशाल पृथ्वीलाई एक हातको ईसारामा...

एकैदिन टाटाका १११ वटा गाडी बिक्री

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एकैदिन एक सय ११...