News Portal

नेपालीको घोर अपमान गर्ने भारतीय सेनापति नरभाने नेपाल आउने, यति ठूलो सम्मान दिने गर्ने ओली सरकारको तयारी !

एनपर्दा संवाददाता
११९६ पटक

भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभाने नेपाल आउने भएका छन् । सीमा विवाद र कोरोना महामारीका कारण रोकिएको उनको नेपाल भ्रमणको तयारी तीव्र पारिएको छ । नेपालले उनलाई मानार्थ सेनापतिको सम्मान दिने भएकाले उनी नेपाल आउन लागेका हुन् ।

नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार नरभानेलाई कात्तिक महिनाभित्रै नेपाल भ्रमणमा आउने गरी औपचारिक निमन्त्रणा पठाउन लागिएको छ । भारतीय पक्षसँग अनौपचारिक संवादपछि निम्तो पठाउन लागिएको सैनिक स्रोतको दाबी छ ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच सीमा विवाद सतहमा आएको थियो । त्यहीबीच नरभानेले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

प्रकरणपछि मानार्थ सेनापतिको सम्मान दिने प्रचलन नै रोक्न माग समेत गरिएको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाले भने २९ पुस २०७५ मा भ्रारत भ्रमण गरेर मानार्थ सेनापतिको सम्मान ग्रहण गरिसकेका छन् ।

उनी नेपाल फर्किएपछि २० माघ २०७६ को मन्त्रिपरिषद बैठकले भारतीय सेना प्रमुख नरभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरिसकेको छ । त्यही अनुसार नरभानको भ्रमण हुन लागेको हो ।

मानार्थ सेनापतिको सम्मान सेनाका परमाधिपति राष्ट्रपतिबाट प्रदान गर्ने चलन छ । महामारीका वेला हुन लागेको भ्रमणमा नरभानेले कसकसलाई भेट गर्छन् भन्ने टुंगो लागिसकेको छैन ।

जंगीअड्डा स्रोत भन्छ, ‘भेटवार्ता र कार्यक्रमबारे भ्रमण मिति तय भएपछि मात्र टुंगो लाग्छ ।’ नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...