News Portal

अर्थमन्त्री बनेका विष्णु पौडेलले कसरी ठडाए भैंसेपाटीमा करोडौंको यो बंगला

एनपर्दा संवाददाता
१७५० पटक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेर पोखरेललाई उपप्रधान तथा रक्षामन्त्रीबाट हटाएका हुन् । पोखरेललाई उक्त पदको जिम्मेवारीबाट हटाएर ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी सुम्पिएका छन् । साथै प्रधानमन्त्री ओलीले आज अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिरहाका लिलानाथ श्रेष्ठलाई नियुक्त गरेका छन् ।

राजनीति भन्ने जिनिस नै यस्तै । यही आडमा हिजो हात्तीछाप चप्पल पड्काउदै शहर छिरेका र राजनीतिमा होमिएकाहरु आज अर्बौ सम्पत्तिका मालिक बन्न सफल भएका छन् । यस्ता पात्र र प्रवृत्ति राजनीतिमा धेरै देख्न पाइन्छ । तिनै मध्येका एक हुन नेकपाका महासचिव विष्णु पौडेल । जो बालुवाटारको सरकारी जग्गा प्रकरणमा मुछिए । तिनैलाई निर्दोष सावित गर्ने प्रधानमन्त्री,मन्त्रीदेखि नेकपाकै नेताहरुलाई भ्याइ नभ्याई छ ।

अहिले चर्चा र बहसको बिषय बनिरहेको छ बालुवाटारको ‘आठ आना’ जग्गा । यो सरकारी जग्गा कीर्ते गरी पौडेलले आफ्ना पुत्र नविन पौडेलको नाममा पारिएको छ ।पचासका दशकसम्म सुकुम्वासी भनिएका विष्णु पौडेल एक दशकमा करोडपति र अर्कौ दशकमा अर्बौको सम्पति थुपारिसकेकका छन् । यो सम्पत्तिको स्रोत के हो ? अरुलाई लाग्ने सम्पत्ति शुद्धिकरणको मुद्धा नेताहरुलाई चाहिँ लाग्ने कि नलाग्ने ? प्रंसग हो ०५२ सालको त्यो समयसम्म पौडेल सुकुम्वासी थिए वा रहेछन् । उनले त्यसबेला सुकुम्वासी आयोगमा आफुले दिएको निवेदन र सो अुनसार सुकुम्बासीका नाममा जग्गा प्राप्ती गरेको विवरण सरकारी निकायमा भेट्न पाइन्छ । सो समयमा उनले सुकुम्वासीका नाममा १८ धुर जमिन प्राप्त गरेका बिवरण उनकै गृहजिल्ला रुपन्देहीको मालपोत कार्यालयमा डढ्टा पल्टाउने हो भने भेटिन्छ ।

पौडेलले २०५२ साल असोज १९ गते वुटवलको दीपनगगरको कित्ता नम्वर २९ बाट १५ र कित्तानं ६४ बाट ३ गरी १८ धुर जमिन हातपारेका थिए । यो जमिन मूलराजमार्गभन्दा सयमिटरमात्र दूरीमा थियो । अर्थात उनले त्यसबेला राज्यको सुकुम्वासी नागरिक बनेर यो जमिन पाएका देखिन्छ । आज उनी करोडपति बनेका छन् । भैसेपाटीमा मात्र पौडेलको करोडौंको बंगला छ । झट्ट हेर्दा यो कुनै उद्योगी वा व्यापारीको झैं लाग्छ । करोडौं माथिको यो बंगलाले वप्रश्न उठाउँछ केही वर्ष अघिसम्म सुकुम्बासी रहेका पौडेल कसरी छोटो समयमै अर्वौका मालिक बने ? यसको छानबिन हुनुपर्ने कि नपर्ने रु कर्मचारीको मात्र सम्पत्ति खोजविन हुन्छ । भ्रष्टाचारको आरोप लागेर जेल जान्छन । के नेता हुँदा उनीहरुका जतिसुकै अनियमिततामा पनि सात खत माफ हुने हो ?

पौडेलको हैसियत भने सुकुम्वासी हुने थिएन । यतिबेला उनी आफै भनिरहेका छन् –स्याङजामा निकै राम्रो हैसियतको परिवार हो उनको । तर मनचाहिँ सुकुम्वासी भएछ र उनले त्यस्तो जमिन लिए र त्यसमा एकतले घर पनि बनाएका थिए । पछि बेचेको कुरा सार्वजनिक भयो । उनको त्यो घरजग्गा पवित्रा थापा नामगरेकी महिलाले खरिद गरेको कुरा रिपोर्ट सार्वजानिक भइसकेको छ । त्यो जग्गा पनि उनका छोराको नाममा थियो जो यतिबेला चर्चामा आएको बालुवाटारको आठ आनापनि छोराकै नाममा छ। https://www.nepalraibar.com/ बाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्

बादललाई हराएर गृहमन्त्रीमा इश्वर पोखरेल, भित्रि षड्यन्त्रलाई ओलीको साथ…

काठमाडौं, । एमाले महासचिब पोखरेलले बादललाई जिताउन परिपत्र गरेको भएपनि उनकै योजनामा बादललाई हराउने षड्यन्त्र...

गृहमन्त्री बादललाई राष्ट्रियसभाको निर्वाचनमा हाम्रो साथ छैनः माधव समुह

काठमाडौँ, । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा...

कोर टिममा एक्लो भएका प्रचण्डलाई नेतृत्वबाट विश्राम गर्न कार्यकर्ताको आग्रह !

काठमाडौं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी नेतृत्वप्रति आक्रोश पोखे।...

माधवकुमार नेपालले बादललाई तपाई एमालेको उम्मेद्वार हो, जिताउने मेरो कर्तव्य’हो भनेपछि…

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई...

कोरोनाको अन्त्य कहिले हुन्छ ? चर्चित ज्योतिष सोम नेपाल,को यस्तो सनसनी,पूर्ण भबिस्यवाणी

काठमाडौँ– अहिले चारैतिर कोरोनको कहरले सताइरहेको छ। भारतको भयानक दृश्य देखेका सबै नेपालीले राम्रैसंग निशेधाज्ञाको...