News Portal

बालुवाटार बोलाउँदा दाहालले आउँदिन भन्दिए, ओली–दाहाल सम्बन्ध चिसियो

एनपर्दा संवाददाता
१५४ पटक

काठमाडौं, । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सम्बन्ध फेरि चिसिएको छ । नेकपाको कर्णाली प्रदेशको विवादको असर केन्द्रमा समेत परेको छ । कर्णाली प्रदेशमा ओली पक्षधर सांसदहरुले दाहालनिकट मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको विषय र ओलीले एकलौटी रुपमा मन्त्रिपरिषद हेरफेर गरेकोमा दाहाल रुष्ट बनेका छन् ।

पार्टी कमिटीका निर्णय र सहमतिलाई लत्याउँदै ओलीले एकलौटी रुपमा आफूनिकट सांसदहरुलाई मात्रै मन्त्री बनाएपछि दाहाल र वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालपनि रुष्ट छन् । कर्णालीको विवाद मिलाउनको लागि अध्यक्षद्धय ओली र दाहालले पदाधिकारीहरुलाई काठमाडौं बोलाएका छन् । उनीहरु काठमाडौं आएको तीन दिन भैसक्यो । तर, अहिलेसम्म अध्यक्षद्धयको उपस्थितिमा छलफल हुन सकेको छैन् ।

दाहालले दुवै पक्षसँग बेग्लाबेग्लै छलफल गरिसकेका छन् भने ओलीले आफू पक्षधर नेताहरुसँगमात्रै छलफल गरेका छन् । आजमात्रै प्रधानमन्त्री ओलीले मुख्यमन्त्री शाही र शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका यमलाल कँडेललाई बालुवाटार बोलाएका छन् ।

उक्त छलफलको लागि ओलीले अर्का अध्यक्ष दाहाललाई पनि बोलाएका थिए । तर, दाहालले तपाईँ आफैं छलफल गर्नुहोस भनेर आफू आउन नसक्ने जानकारी गराएको खुमलटार स्रोतले जनायो । FILE PHOTO/ReportersNepal

प्रतिकृया दिनुहोस्

फोनमै ओली-प्रचण्डबीच लफडा : ओलीले भने, ‘तपाईँ र म, अब भेटवार्ता पनि नगरौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनमै...

साढे तीन लाखमै नेपालमा बन्छ जापानिज प्रबिधिको यस्तो आकर्षक घर,सम्पर्क गर्न र पुरा जानकारी लिन अवश्य पुरा हेर्नुहोला

काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले nepal आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन...

आफ्नो श्रीमानको भाग्य यी ८ लक्षण भएकी श्रीमतीले चम्काउछिन्, तपाईमा नि छ कि यी लक्षण ?

काठमाडौँ । शारिरिक बनावट, अं’ग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ...

प्रेमी सँ’ग कुरा गर्दा ग’र्दै म्यासेन्जर मै य’स्तो छाडा ह’र्कत (हेर्नुहोस भिडियो)

आज भोली प्रबिधिले निकै ठुलो फड्को मारेको छ । यो बिशाल पृथ्वीलाई एक हातको ईसारामा...

एकैदिन टाटाका १११ वटा गाडी बिक्री

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एकैदिन एक सय ११...