News Portal

ओलीको प्रधानमन्त्री पद खुस्कदै, प्रचण्ड र नेपालले बनाए यस्तो डिजाइन

एनपर्दा संवाददाता
७७७ पटक

काठमाडौं, । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने डिजाइन बनेको छ । सचिवालय डाकेर ओलीको राजीनामा माग्ने र नमाने हटाउने निर्णय गर्ने गरी नेकपाभित्र डिजाइन भएको हो ।

रिपोर्टर्स नेपालले विश्वस्त स्रोतबाट जानकारी पाए अनुसार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच ओलीलाई हटाउने सहमति बनेको हो । सहमति अनुसार प्रचण्ड कार्यकारीसहित अध्यक्ष बनेर पार्टी हाँक्ने र नेपाल प्रधानमन्त्री बन्नेछन् । यसमा दुवै नेताले सहमति बनाएको बुझिएको छ ।

प्रचण्ड र नेपालले आन्तरिक सहमति बनाएर वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलाई समेत सहमतिमा ल्याएको बुझिएको छ । खनाल र गौतम दुवैजना यसमा सकारात्मक भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । दुवै नेता ओलीप्रति असन्तुष्ट बन्दै आएका छन् । ओलीविरुद्ध गौतम आक्रामक रुपमा प्रस्तुत हुने तयारीमा रहेको बुझिएको छ ।

गौतमले मन्त्रिमण्डल पुर्नगठन लगत्तै आफूलाई सरकारमा नलगिने निश्चित भएपछि २०७७ भित्रै केपी शर्मा ओलीलाई बालुवाटारबाट प्रधानमन्त्रीका रुपमा रहन नदिने निकटस्थसँग बताएको स्रोतले बतायो । मलाई पटक पटक धोका दिने अब म ओलीलाई प्रधानमन्त्री रहन दिन्न भन्दै गौतम ओलीइतरका नेताहरुमाझ कुर्लिएका थिए ।

यसअघि गौतमकै सहयोगमा ओलीको दुईपटकको सत्ता संकट टरेको थियो । माधव नेपालले उक्त घटनालगत्तै गौतमसँग असन्तुष्टि पोख्दै आएका छन् । उनले पाँच सचिवालय सदस्यको आन्तरिक बैठकमा पनि वामदेव गौतमले छ बुँदेले ओलीको सत्ता जोगिएको बताएका थिए ।

ओलीलाई हटाउन सक्लान् ?
प्रचण्ड, माधव नेपाल, झलनाथ, वामदेव र नारायणकाजी श्रेष्ठले मोर्चाबन्दी गरेका छन् । यो सचिवालयको कुल सदस्यको बहुमत हो । ओलीले आफूसहित चारजना सचिवालयमा आफ्नो पक्षमा पारेका छन् । जसमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल छन् । सबै चारजना सरकारमा सहभागी छन् ।

सचिवालयमा ओली अल्पमतमा देखिन्छन् । स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि ओली अल्पमतमा छन् । तर, पार्टी निर्णयले ओली सरकारबाट हट्नुपर्ने वाध्यात्मक अवस्था छैन । उनलाई हटाउन सक्ने संसदीय दलले मात्र हो ।

ओली पक्षले संसदीय दलमा आफ्नो बहुमत दाबी गर्दै आएको छ । त्यसै कारण पनि ओलीलाई हटाउने दुईपटकको प्रयास प्रचण्ड र माधव नेपाल समूहबाट सफल भएन । उनीहरु ब्याक भए ।

ओलीले पार्टी फुटाउन सक्ने चर्चाले पनि नेताहरु हच्किए । वामदेव गौतमले पार्टी फुट्न नदिने भन्दै छ बुँदै ल्याए । उनले सरकारमा जाने आशामा सहमति गरेको विषय उठ्यो । प्रचण्डले पनि ओलीसँग सहमति गरे । तर, सरकार सञ्चालनमा प्रचण्ड निरिह जस्तै भए । मन्त्रिमण्डल पुर्नगठनमा उनको कुनै जोर चलेन । राजदूत नियुक्तिमा पनि प्रचण्ड हेरेको हेरै भए । यसकारण उनी आँधी अघिको सन्नाटा जस्तै भएका छन् । उनको निरिहतालाई कतिपयले कुनै ठुलो कदम चाल्ने तयारीका रुपमा बुझेका छन् ।

माधव नेपाल कुनै महत्वपूर्ण कदम चाल्दा सुनामी नै ल्याउँछु भन्छन् । यसपटक उनी सुनामी नै ल्याउने डिजाइनमा बढेका छन् । यसले अबको एक महिनाभित्र कुनै महत्वपूर्ण राजनीतिक घटना विकास हुने देखिएको छ । https://www.reportersnepal.com/ बाट लिइएको ।

प्रतिकृया दिनुहोस्

फोनमै ओली-प्रचण्डबीच लफडा : ओलीले भने, ‘तपाईँ र म, अब भेटवार्ता पनि नगरौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनमै...

साढे तीन लाखमै नेपालमा बन्छ जापानिज प्रबिधिको यस्तो आकर्षक घर,सम्पर्क गर्न र पुरा जानकारी लिन अवश्य पुरा हेर्नुहोला

काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले nepal आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन...

आफ्नो श्रीमानको भाग्य यी ८ लक्षण भएकी श्रीमतीले चम्काउछिन्, तपाईमा नि छ कि यी लक्षण ?

काठमाडौँ । शारिरिक बनावट, अं’ग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ...

प्रेमी सँ’ग कुरा गर्दा ग’र्दै म्यासेन्जर मै य’स्तो छाडा ह’र्कत (हेर्नुहोस भिडियो)

आज भोली प्रबिधिले निकै ठुलो फड्को मारेको छ । यो बिशाल पृथ्वीलाई एक हातको ईसारामा...

एकैदिन टाटाका १११ वटा गाडी बिक्री

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एकैदिन एक सय ११...