News Portal

जनताकै माग अनुसार हामीले कोरोनाको उपचारमा शुल्क लिने निर्णय गरेका हौ : स्वास्थ्यमन्त्री (भिडियो हेर्नुस्)

एनपर्दा संवाददाता
१२५ पटक

काठमाडौं । कोरोनाको महामारी फैलिएका अवस्थामा सरकारले अब कोरोनाको उपचार र परिक्षण नगर्ने निर्णय भएसंगै सरकारको आलोचना सुरु भएको छ । सत्तारुढ दलकै नेताहरु सरकारी निर्णयको विरोधमा उत्रिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले विज्ञप्ती जारी गर्दै त्यस्तो निर्णय तत्काल फिर्ता लिन माग गर्दै विज्ञप्ती जारी गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोनाको परिक्षण र उपचार स्वयंले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको छ । सरकारको सो निर्णय पछि चर्को आलोचना भएको हो । तर स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने जनताकै माग अनुसार हामीले कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय गरेका हौं भएको दाबी गरेका छन् ।

सर्वसाधारणले ब्यापक विरोध गरेपछि प्रतिकृया दिँदै उनले मंगलवार भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् । उनले अघि भने, ‘गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई सहज बनाउन जनताको चाहना र मागअनुसार निजी क्षेत्रको समझदारी र साझेदारीमा शुल्क तिर्न सक्नेहरुका लागि शःशुल्क सेवा उपलब्ध गराउन आवश्यक ठानी यी कदमहरु चालिएका हुन् ।’

सरकारको निर्णयले आफ्नै खर्चबाट परीक्षण र उपचार खर्च गर्न सक्ने र चाहने व्यक्तिका लागि सस्शुल्क उपचार प्राप्त गर्ने अवसर दिएको उनले बताए । साथै परिवारले उपचार खर्च व्यहोर्न नसक्ने घोषणा गरेमा सरकारले उपचार गर्ने मन्त्री ढकालले बताए ।

सरकारले हालै मात्र आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो । अरुले भने कोरोना परीक्षण र उपचारका लागि शुल्क तिर्नुपर्नेछ ।
https://www.facebook.com/watch/?v=1786848411491071

प्रतिकृया दिनुहोस्

सचिवालयमा प्रचण्डको पक्षमा सात नेता, ओलीलाई पौडेलको मात्र साथ

काठमाण्डौँ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिबालय बैठकमा बेठक अगाडि बढाउने कि न...

मलाई हटाउने कुरा आउछ, अब म कुनै बैठकमा आउदिन : ओली

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

प्रधानमन्त्री निवास बालुवाटारमा खैलाबैला, बैठकको बीचमै बाहिरिए वामदेव !

काठमाडौं- बालुवाटारमा बसिरहेको नेकपा सचिवालयको बैठक चलिरहेका बेला पार्टी उपाध्यक्ष वामदेव गौतम बैठकबाट बाहिरिएका छन्।...

निकट नेताहरुलाई प्रचण्डको ब्रिफिङ : अन्तिम निर्णय गर्दैछु , नआतिनु होला …

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पेस गरेको जवाफी प्रतिवेदन अध्ययन गरिरहेका कार्यकारी...

मैले नियुक्ति गरेको कुलमानलाई जसरी फाल्नुभयो त्यसरीनै आफू बिदा हुनुस् : जनार्दन शर्मा

काठमाडौं । नेकपाका नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले साँच्चै पार्टी नेतृत्व नयाँ...