News Portal

एकैदिन टाटाका १११ वटा गाडी बिक्री

एनपर्दा संवाददाता
८१ पटक

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एकैदिन एक सय ११ वटा प्यासेन्जर भेइकल बिक्री गरेको छ ।विश्वव्यापी महामारीको प्रतिकूल परिस्थितिमा पनि एकैदिन एक सय ११ वटा गाडी बिक्री गर्नुलाई सिप्रदीले महत्वपूर्ण उपलब्धिको रुपमा लिएको छ ।

टाटा मोटर्सकाे नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, टियागो र टिगोरलगायतका छन् । केही समयअघि मात्र सार्वजनिक गरिएको प्रिमियम ह्याचब्याक गाडी टाटा अल्ट्रोजले पनि नेपाली अटो बजारमा सकारात्मक प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ ।

उत्कृष्ट बिक्री तथा बिक्री पश्चातका सेवाहरुको सञ्जाल भएको सिप्रदीले तीन दशकभन्दा धेरै समयदेखि टाटा मोटर्सका अत्याधुनिक तथा सुविधासम्पन्न गाडीको बिक्रीवितरण र बिक्री पश्चातका सेवाहरु उपलब्ध गराउँदै आएको सिप्रदीले दाबी गरेको छ ।

यस्तै यात्रुका लागि सुरक्षामा विशेष ध्यान पुर्याइएको टाटाका गाडीहरुले ग्लोबल एनक्याप सुरक्षामा उत्कृष्ट रेटिङ प्राप्त गरिरहेका छन् । टाटाका गाडीहरु सुरक्षित र विश्वसनीय भएकाले ग्राहकहरुको रोजाइमा पर्न सफल भएको मानिन्छ ।

टाटा मोटर्सका गाडी खरिद गर्न चाहने खरिदकर्ताहरुले आफूलाई पायक पर्ने टाटा मोटर्सका सोरुममा गएर गाडीको अवलोकन तथा टेष्ट ड्राइभ गरी खरिद गर्न सक्ने कम्पनीले जनाउको छ ।

प्रतिकृया दिनुहोस्

नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्दा पनि हुन्छ : खनाल

इलाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुट्ने दाबी...

कांग्रेस नेतासँग ओलीले अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

काठमाडौं – यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बडो संकटमा परेका छन् ।खासगरी पार्टी...

वामदेवले ईश्वर पोखरेललाई ओलीले तपाईंलाई न अध्यक्ष बनाउनेवाला छन् न प्रधानमन्त्री भनेपछि…

काठमाडौं, । सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेको बेला नेताहरुले भेटघाट बाक्लो बनाइरहेका छन्...

पदबाट राजीनामा दिनुस् र युवालाई अभिभारा सुम्पनुस्, हामी बनाउँछौं सम्बृद्ध नेपाल : मन्त्री पुन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा...

प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, पहिलो भिडियो एक लाखले हेरे

काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक...