News Portal

वामदेवको राष्ट्रपतिलाई जवाफ : ओलीसँग मिल्नुस , नेपाल र म प्रचण्डको पार्टीमा जान्छौं …

एनपर्दा संवाददाता
६०८० पटक

काठमाडौँ- नेकपाको समीकरणमा महत्वपूर्ण मानिएका वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्न आग्रह गरेको खुल्न आएको छ।

ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा खुमलटारमा असोज १६ गते आइतबार भएको भेलामा सामेल भएका गौतमलाई त्यसको दुई दिनपछि असोज १८ गते भण्डारीले शीतल निवास बोलाएकी थिइन्।भेटमा भण्डारीले पार्टी एकता संकटमा परेको त्यसबाट बचाउनका लागि प्रधामन्त्री ओलीलाई समर्थन गर्न आग्रह गरेकी थिइन्।

स्रोतका अनुसार भण्डारीले गौतमलाई भनेकी थिइन्, ‘पार्टी एकता संकटमा परेको छ। प्रधानमन्त्रीले राम्रो काम गरिरहनु भएको छ। उहाँलाई तपाईँले साथ दिनुपर्‍यो।’गौतमले आफूलाई ओली पटकपटक धोखा दिएको र अपमान गरेकाले समर्थन गर्न नसक्ने जबाफ दिएका थिए।

यस्तै अब आफू प्रचण्ड र ओलीलाई मिलाउने कसरत पनि नगर्ने, उनीहरु आफै मिले भने फरक कुरा हुने जबाफ पनि राष्ट्रपतिलाई भण्डारीलाई गौतमले भनेको पार्टी स्रोत बताउँछ।गौतमले यसबारे धुम्बाराहीमा शुक्रबार आयोजित अनौपचारिक बैठकमा पनि जानकारी गराएको बुझिएको छ। https://junelidaily.com/ बाट साभार गरिएको ।

प्रतिकृया दिनुहोस्

नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्दा पनि हुन्छ : खनाल

इलाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुट्ने दाबी...

कांग्रेस नेतासँग ओलीले अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

काठमाडौं – यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बडो संकटमा परेका छन् ।खासगरी पार्टी...

वामदेवले ईश्वर पोखरेललाई ओलीले तपाईंलाई न अध्यक्ष बनाउनेवाला छन् न प्रधानमन्त्री भनेपछि…

काठमाडौं, । सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेको बेला नेताहरुले भेटघाट बाक्लो बनाइरहेका छन्...

पदबाट राजीनामा दिनुस् र युवालाई अभिभारा सुम्पनुस्, हामी बनाउँछौं सम्बृद्ध नेपाल : मन्त्री पुन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा...

प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, पहिलो भिडियो एक लाखले हेरे

काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक...