News Portal

यो हो विश्वको सबै भन्दा महँगो कार, जस्ले ३ मिनेटमा १०० किलोमिटरको यात्रा तय गर्छ !

एनपर्दा संवाददाता
३४३ पटक

विश्वको सबै भन्दा महँगो कार बुगाटी भन्ने कार कम्पनिले निर्माण गरेको छ । यस बर्षको जेनेवा अटो शोमा यसलाई सबै भन्दा महँगो कार घोषणा गरिएको हो । बुगाटी कम्पनिले बनाएको नयाँ मोडलको गाडीको नाम बुगाटी ला वुएरेट नोयरू राखेका छन् । सो कारलाई बुगाटीले बनाएको पुरानो मोडल चिरोनको रुपान्तरित मोडल भनिएको छ ।

यो भन्दा पहिले रोल्स रोयसको स्वीप्टेल भन्ने कारलाई विश्वको सबै भन्दा महँगो कारको उपाधि दिएको थियो भने यो वर्ष बुगाटी कम्पनिले उक्त उपाधि हात पारेको छ । बुगाटी कम्पनिले आफ्नो ११० औँ वर्ष गाठको उपलक्ष्यमा सार्वजनिक गरेको हो ।

निकै राम्रो मोडलहरु बनाउने यो कम्पनीको मोडल भने फ्रान्समा निर्माण गरिन्छ । कम्पनिले कारको मूल्य १९ मिलियन डलर तोकेको छ । यो मुल्य विश्वकै सबै भन्दा महँगो मुल्य रहेको जनाइएको छ । यो कारलाई किन्ने व्यक्ति अझै सार्वजनिक भएका छैनन् ।फोक्सवैगन समूहका मालिक फर्डिनान्ड पिच र क्रिस्टियानो रोनाल्डोले

उक्त कार किनेको अनुमान गरिएको छ । तर पुष्टि भने भएको छैन । फ्रेन्च भाषामा ला वुएरेट नोयरू भनेको कालो रङ्गको कारलाई भनिन्छ । क्वाड–टर्बोचार्ज्ड ८.० लिटर सँगै १६ सिलिन्डर इञ्जिन रहेको यो कारमा १,५०० अश्वशक्ति रहेको छ । यसले ३ मिनेटमा १०० किलोमिटरको यात्रा तय गर्छ ।

प्रतिकृया दिनुहोस्

नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्दा पनि हुन्छ : खनाल

इलाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुट्ने दाबी...

कांग्रेस नेतासँग ओलीले अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

काठमाडौं – यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बडो संकटमा परेका छन् ।खासगरी पार्टी...

वामदेवले ईश्वर पोखरेललाई ओलीले तपाईंलाई न अध्यक्ष बनाउनेवाला छन् न प्रधानमन्त्री भनेपछि…

काठमाडौं, । सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेको बेला नेताहरुले भेटघाट बाक्लो बनाइरहेका छन्...

पदबाट राजीनामा दिनुस् र युवालाई अभिभारा सुम्पनुस्, हामी बनाउँछौं सम्बृद्ध नेपाल : मन्त्री पुन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा...

प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, पहिलो भिडियो एक लाखले हेरे

काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक...