News Portal

बाबुराम, बिप्लप, किरणसंग यसरि एकता गर्ने प्रचण्डको तयारि

एनपर्दा संवाददाता
७०४३ पटक

ललितपुर । नेकपाका अध्यक्ष प्रचण्डले पुर्व माओवादीका नेताहरुबीच फेरि एकै ठाउँ बस्ने अवस्था आउने दिशातिर अघि बढेको बताएका छन् ।
एक टेलिभिजनलाई बुधबार अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले मोहनबैद्य किरण, डा. बाबुराम भट्टराई र नेत्र विक्रम चन्द विप्लव लगायतका नेताहरु फुटेर राम्रो नभएको भन्ने निष्कर्षमा पुगेको आफूले पाएको बताए ।

‘किरणजी, बाबुरामजी र विप्लवजी जहाँ -जहाँ भएपनि हामी एउटै स्कूलका हौं,’ प्रचण्डले भने, ‘अहिलेको परिस्थिति जे बनेको छ, मलाई लाग्छ, उहाँहरु पनि चिन्तित हुनुहुन्छ र अब फेरि एकचोटी समय आउन खोजेको देख्छु म । हामीले विभाजित भएर गल्ती पो गर्यौं क्यारे । यसले प्राप्त उपलब्धि पनि जोखिममा पर्ने पो होकि भन्ने चिन्ता जति मलाई छ बिस्तारै किरणजीलाई, बाबुरामजीलाई र विप्लव जी लगायत अरु सथाीहरुलाई बढ्दै गएको छ भन्ने मलाई लाग्छ । यद्यपी मेरो विप्लवजीसँग कुराकानी पनि छैन । बाबुराम र किरणजीसँग बेला बेला कुरा हुन्छ । त्यो कुराबाट मैले महसुस गर्ने सबैलाई हामी विभिाजित हुनु सही होइन भन्ने निष्कर्षतिर देशको परिस्थितिले डोर्‍याइराखेको छ ।’

आफूले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पार्टीलाई झण्डै दुईतिहाईको बहुमतको दिशामा पुर्‍याएको प्रचण्डले दाबी गरे । ‘माओवादी आन्दोलनपछि विभाजन भएको पार्टीलाई शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्ने एउटा आर्किटेक्चरको भूमिका खेल्ने अवसर पाएँ भन्ने छ मलाई’ , प्रचण्डले भने ।

माओवादी पार्टीभित्र विभाजन आएपनि आफूलाई कुनै चिन्ता नलागेको प्रचण्डले बताए । ‘म चिन्तित भएर बरबाद भएँ भन्ने मलाई लागेकै छैन’, उनले थपे ।
तत्कालीन एकीकृत माओवादीबाट बैद्य, भट्टराई र विप्लव बाहिरिएका थिए ।दैनिकी न्युज बाट साभार

प्रतिकृया दिनुहोस्

आखिर के कुराको लागि बोलाईए, गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा प्रमुखहरु राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा...

आफू अनुकूल सर्वोच्चको आदेश नआए यस्तो छ ओलीको तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधर नेताहरुले सर्वोच्च अदालतबाट आफू प्रतिकूल निर्णय आएको...

बालुवाटारमा रुवाबासी, देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर...

ओली नै प्रधानमन्त्री रहनेगरि संसद् पूनःस्थापना हुन्छ : मोहन बानियाँ (भिडियो)

काठमाडौ।वर्तमान सरकारका मन्त्री मोहन बानियाँले सरकारले देशलाई अनिर्णयको बन्दीबाट बचाउनको लागि चुनावको मिति घोषणा गरेको...

टोपबहादुर र प्रभु साह ‘हामी माओवादीमै छौं कि एमालेमा’ भनेर सोध्न आयोग पुगे, अनि परे अचम्ममा !

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको नेताद्वय टोपबहादुर रायमाझी र प्रभु साहले...