News Portal

ओलीको विप्लवलाई प्रस्ताव : पार्टी एकता गरे महासचिव बनाइदिन्छु, ३ जनासम्मलाई सचिवालय र बाँकीलाई स्थायीसमिति

एनपर्दा संवाददाता
६२३८ पटक

प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओलीले आफैले प्रतिबन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टीका महासचवि नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकता र सरकार साझेदारीको प्रस्ताव पठाएको खुलेको छ।

आफ्नै पार्टीभित्र अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनालसँग शक्ति स‌ंघर्षमा अप्ठेरो पर्न थालेपछि ओलीले पार्टीकै एक पूर्वमन्त्री समेत रहेका केन्द्रिय सदस्यलाई खटाएर विप्पलवलाई उक्त प्रस्ताव पठाएका हुन्।

ओलीले कुनै हालतमा पनि सरकार नछोड्ने रणनीति अनुसार विप्लवसम्म पुग्ने गरी पठाएको प्रस्ताव नेपाल कम्युनिष्ट पार्टीको मध्य ब्यूरोसम्म पुगेको स्रोतले जनाएको छ। यद्यपि, मध्ये ब्यूरोले नै उक्त प्रस्तावबारे थप चासो नदेखाएपछि ओलीले प्रचण्डसँग पार्टी विभाजनको धम्की दिएको बुझिएको छ।

ओलीले विप्लवलाई पठाएको प्रस्तावमा विद्रोहको लाइन छोडेर तत्काल पार्टी एकता गर्ने, एकताबाट आफू र प्रचण्ड अध्यक्ष रहने र विप्लवलाई पार्टी महासचिव बनाउने रहेको छ। साथै प्रतिबन्धित पार्टीका ३ जनासम्मलाई सचिवालय र बाँकीलाई स्थायीसमिति तथा तत्त भूमिकामा राख्ने प्रस्ताव ओलीको छ।

साथै पार्टी एकतालगत्तै अहिलेको संसद विघटन गरी मध्यावधि निर्वाचन गराउने र विप्लवलाई महत्पूर्ण जिम्मेवारी दिएर सरकारमा सहभागी हुन ओलीको प्रस्ताव रहेको स्रोतको दाबी छ। ओलीले सरकारमा विप्लव नै जान चाहे पनि व्यवस्थापन गर्न सकिने र बाँकी भागबण्डामा महत्वपूर्ण मन्त्रालय दिने प्रस्ताव गरेका छन्।

उक्त प्रस्ताव ओलीले आफ्ना विश्वास पात्र एकजना केन्द्रिय सदस्य र एकजना व्यापारीमार्फत पठाउन लगाएका थिए। जतिसक्दो छिटो त्यसको जवाफ पठाउन र त्यसपछि लिखित रूपमा नै वार्ताको लागि आह्वान गर्ने भनेर प्रस्ताव पठाएका ओलीले लामो समय पर्खिँदा पनि विप्लवको पार्टीबाट कुनै जवाफ नआएपछि राष्ट्रपतिलाई हातमा लिएर पार्टी फुटाएर एक्लै सरकार चलाउने मनस्थितिमा ओली पुगेको स्रोतको भनाइ छ।

साथै चिनियाँ परियोजना बीआरआई र अमेरिकी परियोजना एमसीसीको विषयमा पनि सत्तारुढ पार्टी विवादमा ओली कमजोर अवस्थामा पुगि सकेका थिए। उनी कुनै पनि हालतमा एमसीसी पास गर्ने पक्षमा थिए भने प्रचण्डलगायतको ठूलो समूह पारित नगर्ने र बीआरआईमा लाग्नुपर्ने पक्षमा थियो।

ओली समूहले ठूलो प्रयास गर्दा पनि संसदबाट एमसीसी पास गर्न नसकेपछि अमेरिकी पक्षले ओली सरकारलाई मान्यता नै दिन छोडेको विश्लेषण गरिएको छ। कतिसम्म भन्ने वासिङटन डीसीमा सम्बोधन गर्दा नेपालको नाम लिने ट्रम्पका विश्वासपात्र अमेरिकी विदेशमन्त्री माइक पोम्पियो भारतसम्म आउँदा नेपाल आएनन्। बरु अन्य नेपाल समानकै हैसियत भएका मुलुकमा करिब हप्ता दिन बिताएर फर्किए। तर, नेपाललाई भने उनले गन्ती नै गरेको देखाएनन्। यद्यपि उनले यसपटक नेपाललाई भारतमार्फत साइजमा ल्याएको प्रष्ट संकेत भने दिए।

आफू भारत भ्रमणमा आउँदै गर्दा भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयललाई नेपाल पठाएर डिल गरेको प्रत्यक्ष सन्देश दिए। कतिसम्म भने ‘रअ’ प्रमुखले नेपाल आएर केपी ओली भेटेर फर्किएको केही दिन नबित्दै ओलीले प्रचण्डलाई पार्टी विभाजनको प्रस्ताव गरे।

यदि अमेरिकी परियोजना संसदबाट अब पनि पारित नगरे ठूलो मूल्य चुकाउनु पर्ने धम्की अमेरिकाले भारतीय गुप्तचर संस्थाका प्रमुखमार्फत ओलीसम्म पुर्‍याएको स्रोतको दाबी छ। पोम्पीयोका दूत बनेर ओलीलाई भेट्न काठमाडौं आएका रअ चिफ गोयलले चीनको पक्षमा कुनै पनि काम नगर्न, अमेरिका र भारतको सहकार्यमा चलिरहेको इन्डोप्यासिफिक परियोजनामा सहभागी हुन र त्यसका लागि एमसीसी परियोजना संसदबाट कुनै पनि हालतमा पारित गर्ने वातावरण बनाउन साथै आवश्यक परे पार्टी फुटाएर हुन्छ वा राष्ट्रपति शासन लगाएर हुन्छ आफ्नो वाचा पूरा गर्न धम्की दिएको स्रोतको दाबी छ।

ओलीले आफूले निकै ठूलो कोशिस गर्दा पनि एमसीसी पारित गर्न नसकेको सुनाएपछि रअका चिफ गोयलले यसअघि परियोजना पास गर्नका लागि भनेर ल्याएको पैसाको हिसाब अमेरिकाले खोज्नसक्ने भन्दै त्यसलाई पनि ध्यान दिन भनेर निस्केका थिए।

विप्लवको पार्टी ब्यूरोको महत्वपूर्ण नेतासम्म पुगेको पार्टी एकताको प्रस्ताव पनि अलपत्र परेपछि र अमेरिकाले भारतमार्फत दबाब पनि दिन थालेपछि ओली यतिवेला आफूलाई निकै अप्ठेरो महसूस गरिरहेको उनका निकठस्त मानिने एकजना केन्द्रिय सदस्यले अनौपचारिक छलफलमा बताउँदै आएका छन्। https://janadeshkhabar.com/ बाट साभार गरिएको ।

प्रतिकृया दिनुहोस्

नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्दा पनि हुन्छ : खनाल

इलाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुट्ने दाबी...

कांग्रेस नेतासँग ओलीले अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

काठमाडौं – यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बडो संकटमा परेका छन् ।खासगरी पार्टी...

वामदेवले ईश्वर पोखरेललाई ओलीले तपाईंलाई न अध्यक्ष बनाउनेवाला छन् न प्रधानमन्त्री भनेपछि…

काठमाडौं, । सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेको बेला नेताहरुले भेटघाट बाक्लो बनाइरहेका छन्...

पदबाट राजीनामा दिनुस् र युवालाई अभिभारा सुम्पनुस्, हामी बनाउँछौं सम्बृद्ध नेपाल : मन्त्री पुन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा...

प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, पहिलो भिडियो एक लाखले हेरे

काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक...