News Portal

अब नयाँ पार्टीको नाम माओवादी केन्द्र हुँदैन – प्रचण्ड

एनपर्दा संवाददाता
४५९५ पटक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजन हुँदा एमाले र माओवादी केन्द्र भएर नफुट्ने बताएका छन् । पार्टीका युवा, विद्यार्थीहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले पार्टी फुटबाट जोगाउन अधिकतम कोसिस गरिरहेको र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति र कार्यशैली बाधक बन्न सक्ने जिकिर गरेका हुन् ।बुधबार अध्यक्ष प्रचण्डलाई भेट्न अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङसहितका केही युवा–विद्यार्थी खुमलटार पुगेका थिए ।

“यसपटक प्रधानमन्त्री ओली नसच्चिए । उहाँले विगतका कमीकमजोरी नसच्याए वारपार हुने अवस्था छ । उहाँसँग पुनः सम्झौता हुने अवस्था छैन,” प्रचण्डको भनाइ उद्धृत गर्दै अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बाह्रखरीसँग भने, “पार्टी फुट्न नदिन हाम्रो अधिकतम कोसिस छ । धीरता र सहनशीलता पनि छ ।”

कम्युनिस्ट पार्टी फुट्न दिनु हुँदैन, अरूलाई पनि एकीकरणको प्रवाहमा समेट्नुपर्छ र समाजवादको आकाङ्क्षा पूरा गर्नुपर्छ भन्ने जिम्मेवारी, दायित्वबारे बुझ्दा ओलीले त्यसलाई कमजोरी ठानेको प्रचण्डको गुनासो थियो । फेरि पनि पुरानै कार्यशैलीलाई ओलीले निरन्तरता दिए पार्टीले लगाम कस्ने पनि प्रचण्डको भनाइ थियो ।

“कथं पार्टी विभाजन भए हिजोको एमाले र पूर्वमाओवादी केन्द्र भएर फुट्दैन, त्यो बन्न सम्भव पनि छैन,” प्रचण्डले युवा–विद्यार्थीलाई भने, “सकभर पार्टी फुट्न नदिने नै हाम्रो चाहना र प्रयास हो । ओलीजीहरू पार्टीको बैठक पनि नबस्ने, निर्णय नमान्ने हुँदा, मूल्य चुकाएर भए पनि पार्टीलाई विधि, पद्धतिमा चलाउनै पर्छ । अराजकता र दण्डहीनता नसने भन्ने कुरामा जाँदा ओलीजीले पार्टी फुटाउन सक्नुहुन्छ । उहाँहरूको आन्तरिक तयारी पनि तीव्र छ ।” तर, ओलीलाई पार्टी फुटाएर जनताको चाहना, इच्छा, कार्यकर्ताको आकाङ्क्षाबाट भाग्न नदिने प्रचण्डको स्पष्टोक्ति पनि रहेको तामाङको भनाइ छ । https://junelidaily.com/ बाट साभार गरिएको ।

प्रतिकृया दिनुहोस्

नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्दा पनि हुन्छ : खनाल

इलाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुट्ने दाबी...

कांग्रेस नेतासँग ओलीले अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

काठमाडौं – यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बडो संकटमा परेका छन् ।खासगरी पार्टी...

वामदेवले ईश्वर पोखरेललाई ओलीले तपाईंलाई न अध्यक्ष बनाउनेवाला छन् न प्रधानमन्त्री भनेपछि…

काठमाडौं, । सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेको बेला नेताहरुले भेटघाट बाक्लो बनाइरहेका छन्...

पदबाट राजीनामा दिनुस् र युवालाई अभिभारा सुम्पनुस्, हामी बनाउँछौं सम्बृद्ध नेपाल : मन्त्री पुन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा...

प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, पहिलो भिडियो एक लाखले हेरे

काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक...