News Portal

अर्कै नेकपाको पुनर्गठन, यस्ताे छ नेताहरुकाे नामावली

एनपर्दा संवाददाता
१९१०४ पटक

काठमाडौं माले-एमाले जुटेपछि अलग्गै बसेको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसीर ८ गते ७ औं पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । उसले तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर विगतमा झैँ यसपटक पनि दिवस मनाउन लागेको हो ।

जसअनुसार ६ गते देशभर पार्टी पुनर्गठन दिवसको प्रचारप्रसार तथा अतिरिक्त क्रियाकलापको आयोजना गर्ने, ७ गते देशव्यापी प्रदर्शन तथा जनसभा गर्ने र ८ गते पार्टी पुनर्गठनको दिन देशभर उत्सव मनाउने कार्यक्रम छ । पार्टी उपाध्यक्षमा जगतबहादुर बोगटी र लोकनारायण सुवेदी छन् भने हरिदेव ज्ञवाली,रामबहादुर भण्डारी र टंक राई उपाध्यक्ष छन् ।

प्रचण्डको प्रवक्ता बनेर जवजबिरुद्ध उभिए बामदेव
काठमाडौं, । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको प्रवक्ता बनेर जनताको बहुदलीय जनवाद (जवज) बिरुद्ध खनिनुभएको छ ।

उपाध्यक्ष गौतमले आफ्नो सचिवालयको नाममा जनजबिरुद्ध आफू उभिएको र प्रचण्डले अघि सारेको माओवादलाई दिलबाटै आत्मसाथ गरेको हो । आज गौतमको सचिवालयको नाममा भन्दै जनताको बहुदलीय जनवादको निन्दा गर्ने प्रचण्डको प्रस्तावलाई बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र गौतमको समेत साथ रहेको समाचार लेखाइएको छ ।

स्थायी कमिटीको निर्णयबिरुद्ध आएको ‘अध्यक्ष प्रचण्डको प्रस्ताव हामी सचिवालयका पाँच सदस्यको साझा दस्तावेजका रुपमा आएको हो,’ गौतमको सचिवालयको हवाला दिँदै आएको समाचारमा भनिएको छ । उपाध्यक्ष गौतमको तर्फबाट आएको यो भनाईलाई आधिकारिक मान्ने हो भने नेपाल, खनाल र गौतम पदका लागि जवजबिरुद्ध लागिसक्नु भएको छ ।

प्रतिकृया दिनुहोस्

आखिर के कुराको लागि बोलाईए, गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा प्रमुखहरु राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा...

आफू अनुकूल सर्वोच्चको आदेश नआए यस्तो छ ओलीको तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधर नेताहरुले सर्वोच्च अदालतबाट आफू प्रतिकूल निर्णय आएको...

बालुवाटारमा रुवाबासी, देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर...

ओली नै प्रधानमन्त्री रहनेगरि संसद् पूनःस्थापना हुन्छ : मोहन बानियाँ (भिडियो)

काठमाडौ।वर्तमान सरकारका मन्त्री मोहन बानियाँले सरकारले देशलाई अनिर्णयको बन्दीबाट बचाउनको लागि चुनावको मिति घोषणा गरेको...

टोपबहादुर र प्रभु साह ‘हामी माओवादीमै छौं कि एमालेमा’ भनेर सोध्न आयोग पुगे, अनि परे अचम्ममा !

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको नेताद्वय टोपबहादुर रायमाझी र प्रभु साहले...