News Portal

के हो रेड मर्करी, कम्तिमा ५ लाखदेखि ५० लाख रूपैयाँसम्म मूल्य पाइने यस्तो छ यथार्थ

एनपर्दा संवाददाता
१३९९ पटक

पुरानो काठका आवरण भएको रेडियो वा टेलिभिजनमा रेड मर्करी पाइन्छ भन्ने भारत हुँदै छिरेको हल्लापछि अहिले काठमाडौं, विराटनगरसहित देशका विभिन्न भागमा यस्ता रेडियो-टिभी खोज्नेका संख्या बढेको छ । विराटनगरका एक व्यवसायीका अनुसार करिब २ महिनायता भारततिरबाट आएका केही व्यक्तिले घर-घरमा पुगेर पुराना रेडियो-टिभी महँगो दाममा किन्ने भन्दै हिँडेका छन् । कम्तिमा ५ लाखदेखि ५० लाख रूपैयाँसम्म मूल्य पाइने भनिएपछि केही व्यक्तिहरू यसको खोजीमा गाउँघरतिरसम्म पसेका छन् भने केहीले सामाजिक सञ्जालमा विज्ञापनसमेत हालेका छन् ।

रेड मर्करी हल्लाका बारेमा साउथ एसिया चेकका लागि दीपक अधिकारीले तयार पारेको फ्याक्टचेकः केही दिनयता फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा पुरानो टिभी र रेडियोमा रेड मर्करी भनिने पदार्थ पाइने र त्यो बिक्री गरेमा ठूलो रकम हात पर्ने दाबी सहितका पोष्ट सेयर गरिएका छन् ।

“पुरानो टिभी रेडियोमा रेड मर्करी हुन्छ जुन एक ग्रामको करोडौँ रुपैयाँ आउँछ । युट्युबमा हेर्नुहोला,” मयुर श्रेष्ठ नाम गरेका फेसबुक प्रयोगकर्ताले रातो झोल पदार्थ भएको एउटा सानो सिलिन्डरको तस्बिरसहित सो सामग्री भए सम्पर्क गर्न भनेका छन् ।

एउटा ट्वीटर थ्रेडमा प्रतिक्रिया जनाउँदै सदिक्षा कार्कीले लेखेकी छन्, “फिलिप्स कम्पनी आफैले खोजेको रैछ । रेडियोमा प्रयोग भएको यो सामान दुर्लभ भएकाले जर्मनीदेखि पठाएर नेपाल र भारतमा यसको खोजीकार्य व्यापक गरिएको छ । कोहीसँग भए जानकारी पाउँ ।”
त्यस्ता फेसबुक पोष्टमा अधिकांशले आफूसँग उक्त सामग्री भएको प्रतिक्रिया जनाएका छन् भने स्टाटस शेयर गर्ने प्रयोगकर्ताले सम्पर्क गर्न भनेका छन् ।

रेड मर्करी के हो ?
सामाजिक सञ्जालमा शेयर गरिएका रेड मर्करी सम्बन्धी पाेष्ट
रेड मर्करी सामाजिक सञ्जालमा दाबी गरिएजस्तो कुनै बहुमुल्य वस्तु नभई दशकौँदेखि फैलाइएको भ्रामक सूचना भएको पाइएको छ । यसको अस्तित्व बारेमा यकिन नभए पनि यो दशकौदेखि (खासगरी शीतयुद्ध यता) एक रहस्यमय पदार्थको रुपमा रहिआएको छ ।

सन् २०१९ मा बिबिसीमा प्रकाशित एक लेखमा सामाजिक संजाल र वेबसाइटमा यसको व्यापक माग भएको भन्दै विज्ञापन गरिएको उल्लेख छ । न्युयोर्क टाइम्स म्यागेजिनमा युद्ध संवाददाता सिजे चिभर्सको ‘द डुम्सडे स्क्याम’ शीर्षक लामो लेख प्रकाशित छ । उक्त लेखमा इस्लाम उग्रवादी आइसिसले समेत यसको खोजी गरेको विवरण छ ।

यी लेखहरुबाट के निष्कर्ष निकाल्न सकिन्छ भने, यस अप्रमाणित पदार्थलाई विभिन्न देशमा ठगहरुले सर्वसाधारणलाई ठग्नका लागि प्रयोग गरेका छन् । सन् २००७ मा चार जना वैज्ञनिकले गरेको रेड मर्करी सम्बन्धी अनुसन्धान साइन्स डाइरेक्ट नामक जर्नलमा ‘एनालिसिस अफ एन अब्जेक्ट एज्युम्ड टु कन्टेन रेड मर्करी’ शीर्षकमा प्रकाशित भएको थियो । उक्त शोधको निष्कर्षमा पनि प्राप्त नमुनामा रेड मर्करी भन्ने पदार्थ नपाइएको जनाइएको थियो ।

बेलायतस्थित एसआरएम नामक जोखिम मुल्यांकन र गुप्त सूचनाको क्षेत्रमा कार्यरत संस्थाका अनुसार अमेरिकी भौतिकशास्त्री स्यामुअल कोहेनजस्ता केहीले यसको अस्तित्व दाबी गरेपनि यसको चर्चा षड्यन्त्र सिद्धान्त फैलाउनेहरु माझ मात्र सीमित रहेको छ । नेपालीमा पारो भनिने मर्करी आणविक हतियार बनाउन प्रयोग हुने पदार्थ हो । लेदोजस्तो यो पदार्थले ठूलो मात्रामा ताप धान्न सक्छ । औषधोपचारका लागि पनि यसको प्रयोग गरिन्छ । https://satyasamachar.com/ बाट साभार गरिएको ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...