News Portal

माधव नेपालसँग ओलीले भने, ‘मैले अब एक्स्ट्रिम कदम चाल्न सक्छु, बैठकमा म जान्न’

एनपर्दा संवाददाता
३८१ पटक

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले एक्स्ट्रिम कदम चाल्ने चेतावनी दिएका छन् । पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटवार्तामा ओलीले एक्स्ट्रिम कदम चाल्ने चेतावनी दिएका हुन् ।

प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव तत्काल फिर्ता नलिएमा आफू बैठकमा उपस्थित नहुने र एक्स्ट्रिम कदम चाल्ने चेतावनी दिएका वरिष्ठ नेता नेपालले आफू निकट नेताहरुलाई बताएका छन् ।

कार्यकारी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले बैठकमा प्रस्तुत गरेको प्रस्ताव आफूमाथिको झूठा आरोप भएको भन्दै ओलीले झूठा आरोपको जवाफ नदिने र बैठकमा पनि सहभागी नहुने नेपाललाई भनेका छन् । महासचिव विष्णु पौडेललाई साक्षी राखेर ओलीले आफूमाथिको आरोप फिर्ता नगरेमा अर्को कुनै कदम चाल्ने र अवस्था थप भयावह हुने चेतावनी ओलीले दिएका नेपालले बताएका छन् ।

वरिष्ठ नेता नेपालले बैठकबाट खण्डन गर्न आग्रह गरेका थिए । झण्डै तीनघन्टासम्म चलेको भेटवार्तामा अधिकांश समय प्रचण्डको आलोचनामा ओलीले समय खचिएका थिए । प्रचण्डसँग सँगै हिँड्न नसकिने निष्कर्ष निकालेर ओलीले आफूलाई सहयोगका लागि आग्रह गरेको नेपालले आफू निकटका नेतालाई बताएका छन् । आज नै ओलीले उपाध्यक्ष गौतमलाई छुट्टै भेटेर सहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस्

नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्दा पनि हुन्छ : खनाल

इलाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुट्ने दाबी...

कांग्रेस नेतासँग ओलीले अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

काठमाडौं – यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बडो संकटमा परेका छन् ।खासगरी पार्टी...

वामदेवले ईश्वर पोखरेललाई ओलीले तपाईंलाई न अध्यक्ष बनाउनेवाला छन् न प्रधानमन्त्री भनेपछि…

काठमाडौं, । सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेको बेला नेताहरुले भेटघाट बाक्लो बनाइरहेका छन्...

पदबाट राजीनामा दिनुस् र युवालाई अभिभारा सुम्पनुस्, हामी बनाउँछौं सम्बृद्ध नेपाल : मन्त्री पुन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा...

प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, पहिलो भिडियो एक लाखले हेरे

काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक...