News Portal

ओलीले बामदेवलाई भने,’तपाईँलाई अहिले नै पार्टी अध्यक्ष बनाउँछु,चुनावपछि प्रधानमन्त्री !’

एनपर्दा संवाददाता
७३४ पटक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय सदस्यहरुलाई फकाउन थालेका छन् । सचिवालयमा अल्पमतमा परेका ओलीले बहुमत पुर्याउने उद्देश्यले आज पनि बिहानैदेखि छलफल गरिरहेका छन् ।

ओलीले पार्टी उपाध्यक्ष बामदेव गौतमसँग बिहान बालुवाटारमा भेटेर पार्टी अध्यक्ष बन्न प्रस्ताव गरेका छन् । उनले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा प्रस्तुत गरेको प्रस्ताव फिर्ता गराउन पहल गरिदिन भन्दै अहिले नै नेकपाको अध्यक्ष बन्न र चुनावपछि प्रधानमन्त्री बन्न प्रस्ताव गरेका गौतमले आफू निकटसँग बताएका छन् ।

गौतम निकट एक नेताका अनुसार ओलीले गौतमलाई भने, ‘अहिले तपाईँलाई अध्यक्ष बनाउँछु, चुनावपछि प्रधानमन्त्री पनि बनाउँछु । अहिलेलाई रोजेको मन्त्रालयले लिएर सरकारमा सहभागी बन्नु पर्यो । प्रचण्डको प्रस्ताव फिर्ता लिन लगाउनु पर्यो । तपाईँको ममाथि ठूलो योगदान छ ।’

तर, गौतमले प्रचण्डकोमात्रै नभएर प्रस्ताव आफूहरुको पनि भएको बताएका थिए । उनले ओलीलाई भने, ‘तपाईँका प्रस्ताव ठिक छन्, यो कुरा गर्नका लागि पनि बैठक आवश्यक पर्छ । बैठकबाट तपाईँले निर्णय गराउनुस् । प्रचण्ड कमरेडले बैठकमा प्रस्तुत गरेको प्रस्ताव पाँचै जनाको हो । त्यसैले त्यो फिर्ता हुँदैन । बैठकमा तपाईँले आफ्नो कुरा राख्नुस् ।’

गौतमले बैठकबाट भागेर भन्दा पनि गल्ती सच्चाएर अगाडि बढ्न ओलीलाई सुझाव दिए । उनले भने, ‘तपाईँले मैले गल्ती गरेँ र पार्टीको निर्देशन अनुसार चल्छु भनेर बैठकमा भन्नु पर्यो । विगतमा जस्तो गल्ती फेरि दोहोर्याउने कुरा गर्दिन भनेर जानु पर्छ । तपाईँबाट समस्या भएकाले निकास पनि तपाईँले नै दिनुपर्छ ।’

आफूलाई साथ दिन पटक पटक ओलीले आग्रह गरेपनि उपाध्यक्ष गौतमले पार्टी बैठकबाट निकास निकाल्नका लागि सुझाव दिएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए । गौतमले प्रचण्ड र माधव नेपाललाई गाली गर्नुभन्दा बैठक फेस गरेर गल्ती सच्चाउन सुझाव दिएका छन् ।

उपाध्यक्ष गौतमसँगको भेटवार्तामा महासचिव पौडेल पनि सहभागी थिए । प्रचण्डले बैठकमा राजनीतिक प्रस्ताव पेश गरेपछि ओली समस्यामा परेका छन् । उनले शनिबार बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरेका थिए । यसअघि उपाध्यक्ष गौतमलाई बोलाएर राष्ट्रपति भण्डारीले ओलीको पक्षमा लाग्न गौतमलाई आग्रह गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्दा पनि हुन्छ : खनाल

इलाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुट्ने दाबी...

कांग्रेस नेतासँग ओलीले अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

काठमाडौं – यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बडो संकटमा परेका छन् ।खासगरी पार्टी...

वामदेवले ईश्वर पोखरेललाई ओलीले तपाईंलाई न अध्यक्ष बनाउनेवाला छन् न प्रधानमन्त्री भनेपछि…

काठमाडौं, । सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेको बेला नेताहरुले भेटघाट बाक्लो बनाइरहेका छन्...

पदबाट राजीनामा दिनुस् र युवालाई अभिभारा सुम्पनुस्, हामी बनाउँछौं सम्बृद्ध नेपाल : मन्त्री पुन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा...

प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, पहिलो भिडियो एक लाखले हेरे

काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक...