News Portal

भारतीय राजदूतको देउवासँग गोप्य भेट, प्रचण्ड मनाउन ३ नेता खटिए

एनपर्दा संवाददाता
७२१ पटक

काठमाडौं । भारतीय राजदूत विनयमोहन क्वात्रले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग शुक्रबार झण्डै ३ घण्टा लामो गोप्य भेट गरेका छन् ।राजदूत क्वात्र देउवा निवास बुढानिलकण्ठमा शुक्रबार साँझ ६ बजेर ४ मिनेटमा छिरेका थिए । सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको बेला क्वात्रले सुटुक्क विपक्षी नेतालाई भेटेर भारतीय धारणा पेस गरेको लैनचौर स्रोतले जानकारी दियो ।

क्वात्रले मूलत २ विषयमा देउवासँग कुराकानी गरेको बुझिएको छ । पहिलो, नेकपा विवादमा खेलेर कसरी पार्टी विभाजन गर्न सकिन्छ र दोस्रो काँग्रेसको निस्क्रियता ।नेकपा विवादको विषयमा राजदूतको बढी चासो थियो । नेकपा विभाजन नभइकन अर्को चुनावमा समेत काँग्रेसले खुट्टा टेक्न नसक्ने भएकाले जसरी हुन्छ यही मौकामा विभाजन गर्नुपर्ने निष्कर्ष थियो ।

त्यसका लागि काँग्रेसका प्रभावशाली नेताहरुले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिनुपर्ने सूत्र समेत तय भएको स्रोतको दावी छ ।राजदूत क्वात्रले कांग्रेस नेता मिनेन्द्र रिजाल, कृष्ण सिटौला र गगन थापाको नामै लिएर प्रचण्डको विश्वास जिति अघि बढाउन सुझाव दिएको बुझिएको छ ।

‘तपाईले मात्र सक्नुहुन्न । तपाईलाई विश्वास पनि गर्दैनन् प्रचण्डले । अरु नेताहरुलाई यो काममा लगाउनुपर्छ ।यसपछिको सत्ता समिकरणमा समेत काँग्रेस तयार छ भनी आश्वास्त तुल्याउनुपर्छ । प्रचण्डले मान्छन्,’ यही भावमा राजदूतले आफ्नो सुझाव देउवालाई दिएको स्रोतको दावी छ ।यो तर्कमा देउवा पनि सहमत भएको बुझिएको छ ।

देउवा निकट स्रोतले भने प्रचण्डको विश्वास गर्नै नसकिने बताएको खुलानेपाललाई बतायो । प्रचण्डको नाम लिंदै उनले त्यो मान्छेसंग विश्वासै लाग्दैन । मैले हातेमालो गरेको होइन र ? भन्ने प्रश्न उठाएका थिए ।वार्ताकै बीच राजदूत क्वात्रले अन्य नेताहरुलाई मध्यस्थता गरी प्रचण्डलाई हाता लिन सुझाएका थिए ।यो काम फत्ते गरेमा आगामी महाधिवेशनमा कांग्रेसको सभापतिको माहोल समेत बन्ने भनी क्वात्रले देउवालाई आश्वस्त तुल्याएका थिए ।

काँग्रेस अहिले निस्क्रिय रहेको, प्रतिपक्षको रुपमा एजेण्डा ल्याउन नसकेकोमा भारतीय संस्थापन समेत असन्तुष्ट रहेको उनले सुनाएको बुझिएको छ ।देउवा निकट स्रोतले राजदूत क्वात्रको भनाई उद्धृत गर्दै भन्यो- ‘बरु प्रचण्डले सत्ताभित्रै रहेर प्रतिपक्षको काम गरेका छन् । तपाईहरु सुत्नुभाछ । जाग्नुस् । मौका यही हो । हाम्रो साथ सहयोग हुनेछ ।’त्यसक्रममा राजदूत क्वात्रले आफूले काँग्रेसका दोस्रो तहका नेताहरुलाई पनि भेट्ने सुनाएका थिए । यसअघि भारतीय प्रधानमन्त्रीका विशेष दूतका रुपमा रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । उक्त भेटमा खास के के भएको थियो भनी देउवाले जिज्ञासा राखेको स्रोतको जानकारी दियो ।

प्रतिकृया दिनुहोस्

नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्दा पनि हुन्छ : खनाल

इलाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुट्ने दाबी...

कांग्रेस नेतासँग ओलीले अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

काठमाडौं – यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बडो संकटमा परेका छन् ।खासगरी पार्टी...

वामदेवले ईश्वर पोखरेललाई ओलीले तपाईंलाई न अध्यक्ष बनाउनेवाला छन् न प्रधानमन्त्री भनेपछि…

काठमाडौं, । सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेको बेला नेताहरुले भेटघाट बाक्लो बनाइरहेका छन्...

पदबाट राजीनामा दिनुस् र युवालाई अभिभारा सुम्पनुस्, हामी बनाउँछौं सम्बृद्ध नेपाल : मन्त्री पुन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा...

प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, पहिलो भिडियो एक लाखले हेरे

काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक...