News Portal

मोवाइलमा घरवाट छोरी हराएको दुईदिन पछि आयो यस्तो म्यासेज, परिवारको उड्यो होस

एनपर्दा संवाददाता
१०७ पटक

काठमाडौ । कैलालीको जानकी गाउँपालिका(३ की १४ वर्षीया एक किशोरी गएको कात्तिक १९ गते घरबाट हराएपछि परिवारमा चिन्ता छायो। अभिभावकले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन्। छोरीले घरबाट लगेको मोबाइल उठाउन छाडिन्। छोरी नभेटिएपछि आफन्तले ‘प्रहरीलाई उजुरी गर्छौँ, तिमी कहाँ छौ’ भनी म्यासेज गरे।

‘हामीले त्यस्तो म्यासेज गरेपछि छोरीले विवाह गरिसकेको सन्देश पठाइन्,’, किशोरीकी आमा दिव्या शर्माले भनिन्, ‘मैले घर फर्काएर ल्याउँ भनेँ तर श्रीमान् र घरका अन्य सदस्यले मानेनन् । इज्जत फालिसकेकी छोरी ल्याउनु हुन्न भने।’

लामो समय विद्यालय बन्द भएपछि छोरीले विवाह गरेको दिव्याको भनाइ छ। १० कक्षामा पढ्थी, लामो समयदेखि विद्यालय बन्द भएपछि घरमै मोबाइल चलाउन दिएँ,’ आमा दिव्याले भनिन्, ‘मोबाइलमा दिनभरि को–कोसँग गफ गरिछ, मैले समय दिन पाइनँ, छोरीले कम उमेरमै विवाह गरेर जिन्दगी बर्बाद गरिन्।’

कोरोना महामारीका कारण धेरैजसो विद्यालय गएको चैतदेखि नै बन्द छन् । केही विद्यालयले अनलाइन कक्षा शुरु गरे पनि अधिकांश विद्यालयको पढाइ नहुँदा विद्यार्थीले पढ्न पाएका छैनन् । यसबीचमा विद्यालय जाने उमेरका बालबालिकाको विवाह अघिल्लो वर्षको भन्दा दोब्बरले बढेको प्रहरीको तथ्याङ्क छ।

कैलालीको टीकापुर नगरपालिकाको बटनपुरस्थित त्रिभुवन माविका शिक्षक आशा कठरिया बालविवाह बढिरहेको बताउँछन्। ‘लकडाउनपछि बालविवाह बढेको छ । बालविवाह गरेका धेरै किशोरी गर्भवती भएकाले उनीहरुको पढाइमा बाधा पुग्छ’, कठरिया भन्छन्, ‘हाम्रै विद्यालयमा हरेक वर्ष कम उमेरमै विवाह गरेका कम्तीमा पाँच जनाले विद्यालय छाड्छन्।’ etajakhabar.com बाट साभार गरिएको ।

प्रतिकृया दिनुहोस्

नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्दा पनि हुन्छ : खनाल

इलाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुट्ने दाबी...

कांग्रेस नेतासँग ओलीले अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

काठमाडौं – यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बडो संकटमा परेका छन् ।खासगरी पार्टी...

वामदेवले ईश्वर पोखरेललाई ओलीले तपाईंलाई न अध्यक्ष बनाउनेवाला छन् न प्रधानमन्त्री भनेपछि…

काठमाडौं, । सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेको बेला नेताहरुले भेटघाट बाक्लो बनाइरहेका छन्...

पदबाट राजीनामा दिनुस् र युवालाई अभिभारा सुम्पनुस्, हामी बनाउँछौं सम्बृद्ध नेपाल : मन्त्री पुन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा...

प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, पहिलो भिडियो एक लाखले हेरे

काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक...