News Portal

चितवन मात्रै हाेईन, गुटबन्दी गर्नेलाई सबै जिल्लाबाट लखेटिनुपर्छ

एनपर्दा संवाददाता
६३७ पटक

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी(नेकपा) जिल्ला कमिटी राेल्पाकी सदस्य इश्वरी जिएमले जिल्ला-जिल्लामा गुटबन्दी गर्दै हिड्ने नेकपाका नेताहरुलाई सबै जिल्लाबाट चितवनझैं लखेट्नुपर्ने बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत युवा नेतृ जिएमले पार्टी एकताको मर्म विपरीत प्रधानमन्त्री केपी शर्मा अाेलीविरुद्ध गुट र सरकारविरुद्ध भ्रम फैलाउने नेकपाकै नेताहरुमाथि अाक्राेष पाेखेकी छन्।

नेतृ जिएम् लेख्छिन्- “पार्टी केन्द्रमा वार र पारकाे गम्भीर अबस्था सिर्जना भईरहेकाे बेला जिम्मेवार नेताहरु याेजनाबद्व हिसाबले जिल्ला जिल्लामा पुगेर हामी त पार्टी एकताको पक्षमै छाैँ, प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी अाेली नै पार्टी फुटाउने रणनीतिमा हुनुहुन्छ भन्दै भ्रम छर्दा – चितवनबाट मात्रै हाेईन देशका सबै जिल्लाबाट यसैगरी लखेटिनुपर्छ।

जुटाउने कम अनि ज्यान फालेर नेतृत्वलाई खुईल्याउने प्रबृत्तिले केपी अाेली त पत्ता साप हाेलान् नै, के तपाई (बहुमतमा छाैँ भनेर अाैँला गन्ने कमरेडहरु) सधैं यस्तै सग्लै रहिरहनुहाेला र? भल्चिरामा गए त सबै हाेला नि, अलिक ढिलाे चाडाे अाफ्नाे ठाउँमा छ।”

प्रतिकृया दिनुहोस्

नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्दा पनि हुन्छ : खनाल

इलाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुट्ने दाबी...

कांग्रेस नेतासँग ओलीले अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

काठमाडौं – यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बडो संकटमा परेका छन् ।खासगरी पार्टी...

वामदेवले ईश्वर पोखरेललाई ओलीले तपाईंलाई न अध्यक्ष बनाउनेवाला छन् न प्रधानमन्त्री भनेपछि…

काठमाडौं, । सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेको बेला नेताहरुले भेटघाट बाक्लो बनाइरहेका छन्...

पदबाट राजीनामा दिनुस् र युवालाई अभिभारा सुम्पनुस्, हामी बनाउँछौं सम्बृद्ध नेपाल : मन्त्री पुन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा...

प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, पहिलो भिडियो एक लाखले हेरे

काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक...