News Portal

भ्रष्टाचारीलाई पार्टीले छाड्दैन, भ्रष्टाचारीको मुख्य संरक्षक नै प्रधानमन्त्री ओली हुन् : पोखरेल (भिडियो)

एनपर्दा संवाददाता
१२३७ पटक

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको अन्तरसंघर्ष थप उत्कर्षमा पुगेको छ । अध्यक्ष पुष्पकमल दाहालले अर्काअध्यक्ष केपी शर्मा ओलीलाई असन्तुष्टि पत्र बुझाएसँगै सामाजिक सञ्जालदेखि नेताहरुको गुटगत असन्तुष्टि एकले अर्कालाई कटाक्ष गर्दै सार्वजनिक भएपछि नेकपामा संकट गहिरिँदै गएको छ ।

तर, दुई अध्यक्षबीच बढेको दुरी र तिक्तताकाबीच भोलीको बैठकमा सहमति जुट्नेमा कतिपय नेताहरु शशंकित छन् । ओली र प्रचण्ड–नेपाल पक्षका नेताहरु भने सहमति जुटाउनका लागि भेटघाट र परामर्शमा व्यस्त बनेका छन् भने ओली पक्ष बैठक सार्ने रणनीतिमा देखिन्छ ।

प्रथम अध्यक्ष केपी शर्मा ओलीलाई पनि राजनीतिक प्रस्ताव पेश गर्न दिने निर्णय गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ ।

आफूविरूद्ध एक पक्षीयरूपमा कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव ल्याएपछि चिढिएका ओलीले बुधबारको बैठक सार्न खोजे पनि अन्ततः असफल भए । एकपक्षीय रूपमा सरकार सञ्चालन गरेको आरोप खेपेपछि बहुमत सचिवाय सदस्यको घेराबन्दीमा परेका ओलीले बुधबारको सचिवालय बैठकमा पनि लचकता भने देखाएनन् ।

राजनीतिक प्रस्तावका लागि १० दिनको समयावधि मागेका ओलीले बुधबारको बैठकको सुरूवातमा सम्बोधन गर्दै झुठा र निकृष्ट लाञ्छना लगाइएकाले सहेर नबस्ने चेतावनीसमेत दिएका छन् ।

दाहालले गत शुक्रबार सचिवालयमा दर्ता गराएको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनले आफ्नो राजनीतिक जीवन समाप्त पार्ने षड्यन्त्र गरेको उनले बताएका छन् । उनले उक्त प्रस्तावलाई राजनीतिक प्रस्ताव नभएर आफ्नो राजनीतिक जीवन समाप्त गर्ने ‘अभियोगपत्र’ आएको बताएका हुन्। यस्तै विभिन्न सन्दर्भमा रहेर नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य लीलामणि पोखरेलसँग गरिएको कुराकानी । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्

नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्दा पनि हुन्छ : खनाल

इलाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुट्ने दाबी...

कांग्रेस नेतासँग ओलीले अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

काठमाडौं – यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बडो संकटमा परेका छन् ।खासगरी पार्टी...

वामदेवले ईश्वर पोखरेललाई ओलीले तपाईंलाई न अध्यक्ष बनाउनेवाला छन् न प्रधानमन्त्री भनेपछि…

काठमाडौं, । सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेको बेला नेताहरुले भेटघाट बाक्लो बनाइरहेका छन्...

पदबाट राजीनामा दिनुस् र युवालाई अभिभारा सुम्पनुस्, हामी बनाउँछौं सम्बृद्ध नेपाल : मन्त्री पुन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा...

प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, पहिलो भिडियो एक लाखले हेरे

काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक...