News Portal

पार्टीमा एक्लिएपछि ओलीले मागे देउवाको साथ ‘मिलेर सरकार बनाऔं, म जे गर्न तयार छु’

एनपर्दा संवाददाता
२५१ पटक

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वर्तमान सरकारको स्थायित्वमाथि नै प्रश्न उठेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएर अर्का अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा पेश भएपछि नेकपाभित्रको विवाद झनै चुलिएको छ । यसको असर केन्द्रदेखि स्थानीय तहसम्म पुगेको छ । दुवै पक्षका नेता तथा कार्यकर्ताहरु यतिवेला आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

आफ्नै पार्टी भित्रका नेताहरुवाट आलोचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेताहरुसंग छलफल अघि बढाएका छन् । ओलीले शनिवार साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग महत्वपूर्ण कुराकानी गरेका छन् । दुई अध्यक्षबीच भएको लामो कुराकानीमा मिलेर जाने विषय भएको बताइएको छ ।

तीन घन्टा बालुवाटारमा दुवै नेताले राजनीतिक घटनाक्रमको समिक्षा गरेर भविष्यमा मिलेर जानेबारे कुराकानी गरेको बुझिएको छ । खासमा संवैधानिक रिक्त पदमा नियुक्तिका विषयमा छलफल गर्न प्रधानमन्त्रीले देउवालाई बोलाएपनि सत्ता साझेदारीको बिषयमा छलफल केन्द्रीत भएको काँग्रेस नेताहरुको भनाइ छ । नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले देउवालाई भनेका थिए- ‘अब मिलेर सरकार बनाऔँ के गर्नु पर्छ म तयार छु।’

नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका मुख्य नेताहरुसंग ओलीले दुरी बढेको छ । विवाद उत्कर्षमा पुगेर त्यसको प्रभाव जिल्लामा समेत देखिएको छ । नेताहरु एक अर्का विरुद्ध उत्रिएका छन् । विश्वस्त स्रोतका अनुसार उनले देउवासँग मिलेर जाने सम्भावनाबारे समेत बताएका थिए । आफु अहिले पार्टी भित्रै अप्ठेरोमा परेको भन्दै देउवालाई साथ दिन आग्रह गरेको बुझिएको छ ।

देउवा विश्वासपात्रहरु गोपालमान श्रेष्ठ र रमेश लेखकसँगै अपरान्ह बालुवाटार पुगेका थिए । उनी फर्कदा साँझ परिसकेको थियो । प्रधानमन्त्री ओलीले पनि विश्वासपात्रहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र भानुभक्त ढकाललाई सँगै राखेको बताइएको छ । छलफलमा बालुवाटारमा दुवै नेताले राजनीतिक समिक्षा गरेको बताइएको छ । ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशव्यापी रुपमा पार्टीमा आफ्नो पकड के कस्तो छ र विभाजन भएको अवस्थामा कुन स्तरको शक्ति बन्न सकिन्छ भन्ने आँकलन गर्न ७७ वटै जिल्लामा कार्यकर्ता परिचालन गरेर एक किसिमको सर्भे नै गरिरहेको छन्। नेकपा आन्तरिक बिवादमा रुमालिएका बेला प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेतासँग गरेको लामो छलफलले महत्वपूर्ण अर्थ राख्न सक्छ । नेकपाकै अर्का अध्यक्षसहित सचिवाललयका बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीबिरुद्ध प्रवित्तिगत बिषेश्ता औल्याउदै त्यसमाथि छलफल गर्न राजनीतिक प्रस्ताव राखेपछि विवाद झनै उत्कर्षमा छ ।

प्रचण्डले लगाएका आरोपहरु पुष्टि भए आफू प्रधानमन्त्रीबाट हट्ने यदी पुष्टि नभए प्रचण्ड अध्यक्षबाट हट्नु पर्ने प्रधानमन्त्री ओलीले सचिवालय बैठकमै बताईसकेका छन् । पार्टी सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव पत्रमार्फत नै दिने भन्दै ओलीले १० दिको समय लिएका छन् ।

ओलीले देउवासँग सत्ता–साझेदारीको लागि केन्द्रित रहेर भेटवार्ता गरेको सुईँको पाएपछि दाहाल–नेपालले पनि विपक्षी दल जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरुसँग यसअघि नै छलफल गरेको बुझिएको छ । स्रोतकाअनुसार दाहाल र नेपालले जसपाका नेताहरु उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र राजेन्द्र महतोसँग सत्ता–साझेदारीमा केन्द्रित रहेर छलफल गरेको बुझिएको छ ।

अहिले संसदमा जसपाको ३३ सिट छ । दाहाल–नेपालको पक्षमा ९६ र जसपाको ३३ सिट जोड्दा कुल १ सय २९ मात्रै पुग्छ । सरकार बनाउनको लागि कुल १ सय ३८ सिट आवश्यक छ । तर, दाहाल–नेपालले आफूहरुको पक्षमा ९६ भन्दापनि धेरै सांसद रहेको दाबीका साथ सत्ता–साझेदारीको लागि जसपाका नेताहरुसँग छलफल बढाएका छन् ।

प्रतिकृया दिनुहोस्

नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्दा पनि हुन्छ : खनाल

इलाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुट्ने दाबी...

कांग्रेस नेतासँग ओलीले अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

काठमाडौं – यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बडो संकटमा परेका छन् ।खासगरी पार्टी...

वामदेवले ईश्वर पोखरेललाई ओलीले तपाईंलाई न अध्यक्ष बनाउनेवाला छन् न प्रधानमन्त्री भनेपछि…

काठमाडौं, । सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेको बेला नेताहरुले भेटघाट बाक्लो बनाइरहेका छन्...

पदबाट राजीनामा दिनुस् र युवालाई अभिभारा सुम्पनुस्, हामी बनाउँछौं सम्बृद्ध नेपाल : मन्त्री पुन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा...

प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, पहिलो भिडियो एक लाखले हेरे

काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक...