News Portal

नेकपा बिभाजन पक्का ओलीको एक्शन, संसद बिघटन देखि संकटकाल घोषणासम्म

एनपर्दा संवाददाता
५७६ पटक

काठमाडौं,। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । प्रायः छुट्टाछुट्टै सुरक्षा निकायका प्रमुखसँग भेट हुनेमा आज एकैसाथ भेट भएको छ । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढ्दै गएको र प्रधानमन्त्री ओलीले कठोर कदम चाल्न सक्ने संकेट गरिरहँदा यसलाई निकै चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्रीले शनिबार साँझ तीन घन्टा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे । ओली र देउवाबीचको गोप्य छलफलले राजनीतिक वृत्तमा तरंग ल्याएको छ । उनले देउवासँग सत्ता साझेदारीको प्रस्ताव समेत राखेका छन् । देउवालाई सम्भावित नेकपा दुर्घटनापछि मिलेर जाने प्रस्ताव ओलीबाट आएको छ । त्यसको भोलिपल्ट ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । यो भेटबारे बताउन नमिल्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन् ।

नेकपा विवादको दश दिनको युद्धविराम सकिन पाँच दिनमात्र बाँकी छ । यो अवधिमा ओलीले विभिन्न विकल्प राखेर तयारी थालिसकेका छन् । उनले यसअघि संसद बिघटन गरी मध्यावधिमा जाने विकल्प पनि राखेको चर्चा छ । यसलाई नेकपाभित्रै उनका विश्वासपात्रले रोक्न सफल भए । तर, त्यो कदम चाल्ने सम्भावना टरेको मात्र हो समाप्त भएको भने होइन ।

संसदको बजेट बैठक चाँडे अन्त गरियो । ओलीले आफूविरुद्धको सम्भावित अविश्वासको प्रस्तावलाई उक्त कदमबाट टारिदिए । तर, हिउँदे अधिवेशन अझै डाकिएको छैन । यसको ढिलाईप्रति आशंका बढेको छ । ओलीले सत्ता संकटसँगै संसद बिघटन गर्ने सम्भावना पनि देखिनथालेको छ । यस्तो कदम चाल्दा पार्टीभित्रको विरोधी विफल हुने बुझाईका साथ ओली अगाडि बढ्न खोजिरहेका छन् ।

कोरोना भाइरसको महामारी बढिरहेकोले ओलीले संकटकाल घोषणाको सिफारिश गर्ने सम्भावना पनि छँदैछ । संविधान अनुसार पनि महामारीको बेलामा संकटकाल घोषणा गर्न मिल्छ । अहिलेको समय ओलीका लागि संकटकाल घोषणा गर्न अनुकूल नभएको होइन । संकटकाल घोषणा भएमा सत्ता संकटको चुनौती थपिएको अहिलेको परिस्थिति एकाएक फरक हुनसक्छ । ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग भेट्नुलाई यस्तो कदम चाल्ने तयारीका रुपमा पनि हेरिएको छ ।

प्रधानमन्त्री ओलीले जुनसुकै परिस्थितिमा पनि राजीनामा नदिने बताइसकेका छन् । उनले आफूले राजीनामा दिएमा देश बर्बादीमा जाने पनि बताए । उनीमाथि नेकपाभित्र राजीनामाको दबाब बढिरहेको छ । तर, ओलीले राजीनामा नदिने बताएसँगै उनी कठोर कदम चालेर जाने तयारीमा देखिएका छन् । त्यसै उद्देश्यले उनी सक्रिय भएका छन् ।

ओलीले नेकपा विवाद नमिलेमा विरोधीमाथि कठोर अस्त्र फाल्ने संकेत गरेका छन् । त्यो अस्त्रमा नेकपा दुर्घटना देखि संकटकाल घोषणा या संसद बिघटन गरी मध्यावधि चुनावको घोषणा सम्म पनि हुनसक्छ । ओली बरु यी कदम चाल्ने तयारीमा छन् तर सत्ता छाड्न तयार देखिदैनन् ।

प्रतिकृया दिनुहोस्

नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्दा पनि हुन्छ : खनाल

इलाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुट्ने दाबी...

कांग्रेस नेतासँग ओलीले अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

काठमाडौं – यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बडो संकटमा परेका छन् ।खासगरी पार्टी...

वामदेवले ईश्वर पोखरेललाई ओलीले तपाईंलाई न अध्यक्ष बनाउनेवाला छन् न प्रधानमन्त्री भनेपछि…

काठमाडौं, । सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेको बेला नेताहरुले भेटघाट बाक्लो बनाइरहेका छन्...

पदबाट राजीनामा दिनुस् र युवालाई अभिभारा सुम्पनुस्, हामी बनाउँछौं सम्बृद्ध नेपाल : मन्त्री पुन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा...

प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, पहिलो भिडियो एक लाखले हेरे

काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक...