
काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक अकाउन्ट सञ्चालनमा ल्याएका छन्। प्रधानमन्त्री ओलीले आफै सामाजिक सञ्जालमा आएका कुराहरुको निकै गहिरो अध्ययन गर्छन ।
उनी सामाजिक सञ्जालमा आएका विषयमा चासो र रुची राख्छन् । यद्धपी उनको फेसवुक र ट्वीटर भने सचिवालयले चलाउने गरेको छ ।
ट्वीटर र फेसवुकमा सकृय प्रधानमन्त्री ओलीले टिकटक एकाण्ट पनि खुलेको हो । ओलीको सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो।
प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र ट्विटरमा भएपनि युवा पुस्तामाझ रहेको टिकटकमा पनि उनका गतिविधि राख्न टिकटक प्रयोग गरिएको सचिवालय सदस्यले बताएका छन् । प्रधानमन्त्रीको भिडियो टिकटकमा अपलोड पनि भइसकेको छ । उनको पहिलो भिडियो अहिले सम्म एक लाख जनाले हेरिसकेका छन् ।
टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाइ गरिसकेको छ। नयाँ पुस्तामाझ टिकटक चर्चित छ। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले छलफल गरेर नै सञ्चालनमा ल्याइएको बताए।