News Portal

कांग्रेस नेतासँग ओलीले अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

एनपर्दा संवाददाता
२०५ पटक

काठमाडौं – यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बडो संकटमा परेका छन् ।खासगरी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले ३८ पृष्ठको जवाफी पत्रसँगै ५३ बुदामा आफूलाई लगाएको प्रत्यारोपको सामना कसरी गर्ने भन्ने चिन्तामा परेका छन् ।

मंसिर १३ गतेको पार्टी सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले गरेको एक्सरसाइज र आफूहरूबारे गरेको मूल्यांकनले पनि खुमलटारमा सन्नाटा छाएको बताइएको छ ।यसबीचमा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग झन्डै तीन घन्टा छलफल गरेका थिए । देउवासँगको कुराकानीमा ओलीले पार्टीमा आफूलाई एक्ल्याउन थालिएकाले मिलेर जानुपर्ने प्रस्ताव गरेको मिडियामा सार्वजनिक नै भइसकेको छ ।

ओलीले सत्ता साझेदारको प्रस्ताव गरेको कुराले कांग्रेसमै तरंग सिर्जना गरेको थियो । खुमलटारमा नपर्ने कुरै भएन । यतिबेला प्रचण्ड कांग्रेस नेतृत्वसँग पनि निकै निकट छन् । किनभने विगतमा कांग्रेस नेतृत्वमा सरकार सञ्चालन गरेकाले पनि प्रचण्डले कांग्रेससँगको सम्बन्धलाई उतिकै महत्व दिएका छन् ।

भविष्यमा पार्टीमा समीकरण फेरबदल भएमा कांग्रेसकै सहयोगमा सरकार चलाउनुपर्छ भन्ने प्रचण्डलाई राम्रो ज्ञात छ । सोही कारण देउवासँग प्रधानमन्त्री ओलीले के के प्रस्ताव गरे ? आफ्नाबारे कस्तो मूल्यांकन गरेका रहेछन् ? भन्ने बुझ्न प्रचण्डले देउवा निकट एक नेतालाई फोन गरे ।

स्रोतका अनुसार ती नेताको कुरा सुनेपछि प्रचण्ड आश्चर्यमा परेका थिए । ‘ल है कमरेड, प्रधानमन्त्रीले मसक्क आँटिसक्नुभएको रहेछ । त्यस्ताहरूलाई दिनु र नजिकिनुभन्दा बरु तपाईंहरूसँग मिल्नु बेस देखेको छु ।

अब, उनीहरूसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भन्नुभयो । पार्टी एकजुट रहिरहलाजस्तो देखिन है,’ कांग्रेस नेताले प्रचण्डलाई फोनमा भनेका थिए । यसपछि ओली पार्टी विभाजन गर्ने तयारीमा धेरै अघि बढिसकेको प्रचण्डले चाल पाएका थिए । मिडिया डबलीबाट साभार गरीएकाे ।

प्रतिकृया दिनुहोस्

भारत कालापानी , लिम्पियाधुरा र लिपुलेक विवादको समाधान गर्न तयार :प्रदीप ज्ञवालि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद समाधान गर्न भारत तयार देखिएको बताएका छन्।...

एउटा इमान्दार केटा चाहियो: म संगै जापान जाने अनि संगै बस्ने (तुरुन्तै सम्पर्क गर्नुहोस्)

म काठमान्डौमा बेचलर रनिङमा पढ्दैछु । मेरो पढाइको विषय मेनेजमेन्ट हो । त्यसकारणा जापन जानको...

आफ्नी २ वर्षकी छोरीलाई तनहुकी इन्दिराले यसरी बाघको पन्जाबाट खो’सीन् (भि”डियो हेर्नुहोस्)

नहुँकी इन्दिराले आफ्नी २ वर्षकी छोरीलाई यसरी बाघको पन्जाबाट खो’सीन्(भि”डियो हेर्नुहोस्) नेपालमा भर्खरै मात्र एउटा्...

युवककाे बाईकमा लिफ्ट मागेर हिँडेकी, यी नर्सकाे जीवनमा पत्याउनै मु’स्किल पर्ने घ’टना, !

चक्र खडायत – मलाई बिहानै ८/९ बजे नै नेपालगन्ज पुग्नु थियो, बिहानै साढे ५ बजे...

यी दिदि बहिनीको बारेमा यस्तो रहस्य खुल्योः थाहा पाउँदा जो कोहि बन्यो चकित​

एजेन्सिः घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्ष पछि सेल्फीले...