
इलाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुट्ने दाबी गरेका छन्।
सोमबार गृह जिल्ला इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अस्पताल शिलान्यास कार्यक्रममा खनालले नेकपा फुट्ने भनेर एकथरि कुर्लिरहेको भन्दै असन्तुष्टि जनाए। ‘म भन्छु, नेकपा इस्पातले बनेको पार्टी हो। यसलाई कसैले पनि फुटाउन सक्दैन,’ उनले भने।
उनले हाल चलेको बहस र छलफलले पार्टीलाई झनै बलियो बनाउने दाबी पनि गरे।
खनालले नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्न पनि सुझाए। ‘नेकपा फुटेदेखि सेक्न पाउँछु भनेर रोटी नबेल्दा हुन्छु, उनको भनाइ थियो, ‘कसैले रोटी बेल्दैछ भने पनि सेकाउने ठाउँ पाउनुहुन्न।’
उनले आफूहरु पार्टीलाई जोड्ने पक्षमा भएको पनि दाबी गरे। https://www.dainikonline.com/ बाट साभार गरीएकाे हाे ।