News Portal

ओलीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय पार्टी कमिटीबाटै गराउने प्रचण्डको रणनीति

एनपर्दा संवाददाता
२७८ पटक

काठमाडौं, । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको लिखित आरोप प्रत्यारोप अब मौखिकमा प्रवेश गर्दैछ । भोलि सचिवालय बैठकमा दुवै अध्यक्षले प्रस्तुत गरेको दस्तावेजमाथि छलफल शुरु हुँदैछ । यसले झन् ठुलो टकराव बढाउँदै जाने देखिदैछ ।

ओलीमाथि लगाइएको आरोप उनलाई सत्ताबाट हटाउने उद्देश्यले प्रेरित रहेको स्वयं उनकै दस्तावेजमा उल्लेख छ । पटक पटक सरकारबाट हटाउने प्रयास भएको समेत उनले उल्लेख गरेका छन् । यतिसम्मकी विदेशीलाई पनि सरकारको काम अल्झाएर आफू प्रधानमन्त्री भएपछि कतिपय विषय सल्टाउने भनेको विषय प्रस्तुत गरेका छन् । यसरी ओलीविरुद्ध नेकपाभित्रको मोर्चाबन्दी उनलाई सत्ताबाट हटाउनकै लागि हो भन्ने प्रष्ट भइसकेको छ । तर, ओलीलाई सत्ताबाट हटाउन कि त अविश्वासको प्रस्ताव ल्याएर सम्भव छ कि त उनी स्वयंले राजीनामा दिएर मात्र सम्भव छ ।

ओली कुनै हालतमा राजीनामा नदिने पक्षमा छन् । उनले यो कुरा स्पष्ट पारिसकेका छन् । उनीविरुद्ध अविश्वासको प्रस्ताव आइहाल्ने सम्भावना पनि बनिसकेको छैन । तर, यसको भित्री तयारी भइरहेको छ । ओली स्वयंले सचिवालयमा प्रस्तुत दस्तावेजमा आफूविरुद्ध प्रचण्डले सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएर अविश्वासको प्रस्तावको तयारी गरेको आरोप लगाएका छन् ।

प्रचण्डले ओलीलाई गलाउँदै लान पार्टी कमिटीबाटै गतिविधि गरिरहेका छन् । सचिवालय, स्थायी कमिटी र केन्द्री कमिटीमा प्रचण्डसहितको मोर्चाको बहुमत छ । सचिवालय बैठकमा दस्तावेजमाथि छलफलपछि स्थायी कमिटी बैठकमा लाने प्रचण्डको तयारी छ । त्यहाँ पनि छलफल गरेर केन्द्रीय कमिटीमा लगेर टुंगो लगाउने र ओलीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गराउने या वाध्य बनाउने सम्मको तयारीमा प्रचण्ड देखिएका छन् ।

पार्टी कमिटीबाट निर्णय गराएर विधिसम्मत तरिकाले जाने प्रचण्डको तयारी भएपनि ओलीले त्यसलाई नमान्ने संकेत गरिसकेका छन् । उनले पार्टी कमिटीलाई अन्तरिम कालको कमिटी भनिसकेका छन् । यसरी ओलीले संसदीय दलबाटै सामना गर्ने या कठोर निर्णय लिने संकेत समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

भारत कालापानी , लिम्पियाधुरा र लिपुलेक विवादको समाधान गर्न तयार :प्रदीप ज्ञवालि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद समाधान गर्न भारत तयार देखिएको बताएका छन्।...

एउटा इमान्दार केटा चाहियो: म संगै जापान जाने अनि संगै बस्ने (तुरुन्तै सम्पर्क गर्नुहोस्)

म काठमान्डौमा बेचलर रनिङमा पढ्दैछु । मेरो पढाइको विषय मेनेजमेन्ट हो । त्यसकारणा जापन जानको...

आफ्नी २ वर्षकी छोरीलाई तनहुकी इन्दिराले यसरी बाघको पन्जाबाट खो’सीन् (भि”डियो हेर्नुहोस्)

नहुँकी इन्दिराले आफ्नी २ वर्षकी छोरीलाई यसरी बाघको पन्जाबाट खो’सीन्(भि”डियो हेर्नुहोस्) नेपालमा भर्खरै मात्र एउटा्...

युवककाे बाईकमा लिफ्ट मागेर हिँडेकी, यी नर्सकाे जीवनमा पत्याउनै मु’स्किल पर्ने घ’टना, !

चक्र खडायत – मलाई बिहानै ८/९ बजे नै नेपालगन्ज पुग्नु थियो, बिहानै साढे ५ बजे...

यी दिदि बहिनीको बारेमा यस्तो रहस्य खुल्योः थाहा पाउँदा जो कोहि बन्यो चकित​

एजेन्सिः घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्ष पछि सेल्फीले...