News Portal

यिनै हुन् नायिका स्वेता खड्काका हुनेवाला श्रीमान, २ दिन पछि हुँदै छ बिवाह

एनपर्दा संवाददाता
५०७ पटक

काठमाडौ । अन्तत अभिनेत्री श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने पक्का भएको छ । केही समय अघि देखि चलेको यो चर्चालाई नकार्दै आएकी स्वेताको विवाहको कार्ड समेत सार्वजनिक भएपछि भने उनले कुनै प्रतिकृया दिएकी छैनन् । तर उनीहरुको यही मंसिर २२ गते विवाह को साइत जुरेको प्रमाण विवाहको कार्डले देखाउँछ ।

श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले आधिकारिक रुपमा भने यस कुरालाई स्वीकार गरेकी थिइनन । उनले विवाहवारे गरिने प्रश्नलाई टार्दै आएकी थिइन् । केहि समय अघी सम्म पनि उनले प्रेमको कुरालाई इन्कार गरेकी थिइन र भनेकी थिइन जसले मेरो बेड रूममा श्री हजुरको फोटो राख्न दिन्छ म अनि यो बिषय मा सोच्छु ।

उनले आफ्नो विवाहमा फिल्मी कलाकारलाई निम्ता दिन्छिन् की दिन्नन् त्यो भने हेर्न बाँकी नै छ । कोरोनाको कहरकाबीच हुन लागेको विवाहमा उनका नजिकका आफन्त मात्र सहभागी हुनसक्ने आँकलन गरिएको छ । श्वेताले नकार्दै आएपनि अहिले उनीहरुको विवाहको कार्ड नै बाहिरिए विवाह हुने सार्वजनिक भएको हो। विवाहको कार्डको अनुसार स्वेताको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ ।

नायिका खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । उनले नायक श्री कृष्ण सँग मिलेर चलचित्र निर्माण गरेकी थिइन । श्वेता अहिले चलचित्र क्षेत्रसँगै व्यापारमा सक्रिय छिन् ।

प्रतिकृया दिनुहोस्

ओली समूहको निर्णय यस्तो अब राष्ट्रपतिलाई सिफारिस गर्ने

नेकपा विभाजनपछिको ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

मैले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्नु हुँदैन भनेको थिएँ, मान्नुभएन : सुवास नेम्बाङ

काठमाडौं ,संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन...

अब ओलीलाई राम मन्दिरको मूल पुरोहित बनाइदिऊँ: सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने...

रामचन्द्र पौडेललाई राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री यसरी हुँदैछ सहमती

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएसँगै राजनीतिक घटनाक्रम कसरी अघि बढ्ला भन्ने...

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग...