
काठमाडौ । गृहमन्त्री राम बहादुर थापा (बादल) का छोरा प्रतिक थापा विवाह बन्धनमा बाँधिएका छन् । उनले पोखराकी डा जेनी पुनलाई बेहुली बनाएका हुन् । उनीहरुको हिन्दु परम्परा अनुसार विवाह भएको छ । विवाहमा केही मन्त्री र नेताहरु पनि सहभागी भएको तस्बिर सार्वजनिक भएका छन् ।
गृहमन्त्री थापाका छोरा तथा निजी सचिव प्रतिक थापा बुद्ध एअरमा जन्ती सहित बेहुली लिन गएका थिए । त्यस्तै स्वास्थ्यमन्त्री भानुभक्त ढकालका छोराले विवाह गरेका छन् । उनीहरुले मंसिर २२ गतेको साइतमा विवाह गरेका हुन् । मंसिर २२ गते धेरै युवायुवती विवाह बन्धनमा बाँधिएका छन् ।
काठमाडौको रिसोर्टमा नायीका श्वेता खड्काले लगन गाँठो कसिन् भने उता सामाजिक अभियन्ता रमेश प्रसाईले पनि विवाह गरे । श्वेताले श्रीकृष्णको निधन भएको ६ वर्ष पछि दोस्रो विवाह गरेकी हुन् भने रमेशले पनि तीन वर्ष देखि प्रेममा रहेकी नन्दालाई बेहुली बनाएका हुन् । उनीहरुका विवाहमा पनि धेरै सामाजिक अभियन्ता र युट्युवर पुगेका थिए ।