News Portal

संघीयता खारेज गर्दै प्रधानमन्त्री ?

एनपर्दा संवाददाता
४००९ पटक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ निरुदेवी पालले संघीयता नै खारेज गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् । ‘संघीयता खर्चिलो भयो र प्रदेशको त झन् कामै देखिएन । त्यसकारण बरु स्थानीय तहलाई थप बलियो बनाऔं र संघीयता खारेज गरिदिने आँट प्रधानमन्त्री ओलीले गर्नुपर्छ’ पालले अनलाइनखबरसंग भनिन् ।

पालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पनि प्रधानमन्त्रीले संघीयता खारेज गर्नुपर्ने र प्रतिनिधिसभाको सिट संख्या १०५ मा झार्नुपर्ने बताएकी थिइन् ।संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, संसदको सिट संख्या १०५ र केन्द्रको मन्त्रिपरिषद बढीमा १५ सदस्यीय बनाउँदा राज्यलाई आर्थिक भार निकै घट्ने नेतृ पालले बताइन् ।

विघटित प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिकी सदस्य समेत रहेकी पाल हाल नेकपा ओली समूहमा छिन् । संघीयता नै खारेज गर्नुपर्छ भनेर आफुले पहिलो पटक नभनेको पनि उनको प्रष्टीकरण छ ।

‘मैले तीन वर्ष पहिला पनि भनेको छु’ पालले अनलाइनखबरसंग भनिन्, ‘मलाई कसैले कारबाही गरे पनि गरुन्, वास्तवमा यो संघीयता कामै छैन । नेतालाई जागिर खुवाउने ठाउँ मात्रै हो । जनताले अधिकार चाहेका हुन् । दार्चुलाको मान्छे काठमाडौं आउन नपरोस्, अधिकार तलै पुर्याइदेयोस् भन्ने हो ।’

प्रतिकृया दिनुहोस्

भारत कालापानी , लिम्पियाधुरा र लिपुलेक विवादको समाधान गर्न तयार :प्रदीप ज्ञवालि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद समाधान गर्न भारत तयार देखिएको बताएका छन्।...

एउटा इमान्दार केटा चाहियो: म संगै जापान जाने अनि संगै बस्ने (तुरुन्तै सम्पर्क गर्नुहोस्)

म काठमान्डौमा बेचलर रनिङमा पढ्दैछु । मेरो पढाइको विषय मेनेजमेन्ट हो । त्यसकारणा जापन जानको...

आफ्नी २ वर्षकी छोरीलाई तनहुकी इन्दिराले यसरी बाघको पन्जाबाट खो’सीन् (भि”डियो हेर्नुहोस्)

नहुँकी इन्दिराले आफ्नी २ वर्षकी छोरीलाई यसरी बाघको पन्जाबाट खो’सीन्(भि”डियो हेर्नुहोस्) नेपालमा भर्खरै मात्र एउटा्...

युवककाे बाईकमा लिफ्ट मागेर हिँडेकी, यी नर्सकाे जीवनमा पत्याउनै मु’स्किल पर्ने घ’टना, !

चक्र खडायत – मलाई बिहानै ८/९ बजे नै नेपालगन्ज पुग्नु थियो, बिहानै साढे ५ बजे...

यी दिदि बहिनीको बारेमा यस्तो रहस्य खुल्योः थाहा पाउँदा जो कोहि बन्यो चकित​

एजेन्सिः घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्ष पछि सेल्फीले...