News Portal

दाहाल समूहबाट फर्किदै छन पुर्व एमालेका यी ५ नेता, यसरी बलियो बन्दै छ ओली समिकरण !

एनपर्दा संवाददाता
१३८५१ पटक

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद चर्किदै गएका बेलामा एक पक्षले अर्को पक्षलाई कम्जोर बनाउने र आरोप प्रत्यारोप लगाउने क्रम रोकिएको छैन। दाहाल नेपाल पक्षले ओली पक्षलाई कम्जोर बनाउने रणनीति अपनाएको छ भने ओली पक्षले पनि दाहाल नेपाल पक्षलाई कसरी कम्जोर बनाउने भन्ने अस्त्र प्रयोग गर्दै छ। नेताहरुले पनि आफ्नो लाईन क्लियर गर्न तर्फ लागिपरेका छन । तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा अहिले ३ धार निर्माण भएका छन। दाहाल-नेपाल को एउटा धर छ ओलीको अर्को धार छ भने बामदेव गौतमको अर्को धार छ बामदेव गौतमले पार्टी एकताकै पक्षमा रहेको बताएका छन तर पार्टी एकता हुने सम्भावना बहने झन् भन्दा झन् झिर्ण बन्दै गएको छ।

बामदेव गौतम तठस्थ भएका कारण पनि दुवै पक्षले आफ्नो पक्षमा लेउने तयारी गरिरहेकै छन। त्यो भने सर्बोच्च अदालत र निर्वाचन आयोग को निर्णयले तय गर्ने देखिएको छ अहिलेको पार्टी विभाजनमा पुर्व एमालेका केहि नेताहरु प्रचण्ड पक्षतिर लागेका छन भने केहि माओवादी नेताहरु ओली पक्षमा लागेका छन । ओली पक्षका नेताहरुले आफु मुलधारको पार्टी भएको दाबि गर्दै आएको छ।

त्यसैले पनि प्रचण्ड पक्षमा गएका पुर्व एमालेका नेताहरु मुलधार अर्थात ओली पक्षमा फर्किने दाबि गरिरहेकै छन। त्यो दाबि कति सत्यमा परिणत हुन्छ हेर्न भने बाकी नै छ। झलनाथ खनाल, माधव कुमार नेपाल प्रचण्डको सति गए पनि पुर्व एमालेका केहि युवा नेता ओली पक्षमै फर्किने मनस्थिति बनाएको ओली पक्ष श्रोतले जानकारी दिएको छ।

केहि दिन पहिले नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रचण्ड र माधव नेपाललाई पार्टीमै फिर्ता आउने दाबि गरेका छन । नेकपा ओली समूहले वीरगञ्जमा आयोजना गरेको प्रदेश भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड र माधव नेपाललाई पार्टीमा अझै ठाउँ राखेको समेत बताए । तर त्यसका लागि नेताद्वयले विगतमा गरेको गल्ती सच्याउनुपर्ने र प्रचण्डले प्रधानमन्त्री ओली विरुद्ध पेश गरेको आरोपपत्र फिर्ता लिनुपर्ने उनको भनाइ छ ।

अहिलेपनि हामीले ठाउँ राखेका छौं, पार्टी एकता जोगाउन कोशिस गरेका छौं । उहाँहरुले गैर वैधानिक बैठक आयोजना गरेर प्रधानमन्त्रीलाई अध्यक्षबाट हटाएको कुरा गर्नुभएको छ । प्रचण्डजीलाई हामीले अध्यक्षको कार्यकारी भूमिकाबाट मात्रै हटाएका छौं, अध्यक्षबाट हटाएका छैनौं, माधव नेपाल वरिष्ठ नेता नै हुनुहुन्छ’ उनले भने ।पुस ५ गते झुक्याएर अविश्वासको प्रस्ताव दर्ता गर्ने र सरकारलाई अपदस्त गरेर सत्ता कब्जा गर्ने गलत चेष्टा भएकोले नै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनतामा जाने निर्णय गरेको पौडेलले बताए ।

‘प्रधानमन्त्रीले त्यसलाई प्रतिवाद गर्ने निश्चय गर्नुभयो र संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नुभयो । ताजा जनादेशमा जाने निर्णय राष्ट्रिय राजनीतिलाई नयाँ दिशा प्रदान गरेको छ । त्यसो गरेका थिएनौं, आत्मसर्मपण गरेका थियौं भने मुलुक अनैतिकता, अराजकता र उछृङ्खलता तर्फ जाने खतरा थियो’ उनले भने । संसद विघटन गरेर निर्वाचनमा जाने निर्णय संविधानसम्मत रहेको पनि पौडेलले जिकिर गरे । ‘संधिवानको मर्म, भावना र अन्तर्यहरुलाई विश्लेषण गर्दा निर्वाचनमा जान्छ भनेर भन्ने निष्कर्षमा पुग्न सक्छौं’ उनी भन्छन् । https://praharnews.com// बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

भारत कालापानी , लिम्पियाधुरा र लिपुलेक विवादको समाधान गर्न तयार :प्रदीप ज्ञवालि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद समाधान गर्न भारत तयार देखिएको बताएका छन्।...

एउटा इमान्दार केटा चाहियो: म संगै जापान जाने अनि संगै बस्ने (तुरुन्तै सम्पर्क गर्नुहोस्)

म काठमान्डौमा बेचलर रनिङमा पढ्दैछु । मेरो पढाइको विषय मेनेजमेन्ट हो । त्यसकारणा जापन जानको...

आफ्नी २ वर्षकी छोरीलाई तनहुकी इन्दिराले यसरी बाघको पन्जाबाट खो’सीन् (भि”डियो हेर्नुहोस्)

नहुँकी इन्दिराले आफ्नी २ वर्षकी छोरीलाई यसरी बाघको पन्जाबाट खो’सीन्(भि”डियो हेर्नुहोस्) नेपालमा भर्खरै मात्र एउटा्...

युवककाे बाईकमा लिफ्ट मागेर हिँडेकी, यी नर्सकाे जीवनमा पत्याउनै मु’स्किल पर्ने घ’टना, !

चक्र खडायत – मलाई बिहानै ८/९ बजे नै नेपालगन्ज पुग्नु थियो, बिहानै साढे ५ बजे...

यी दिदि बहिनीको बारेमा यस्तो रहस्य खुल्योः थाहा पाउँदा जो कोहि बन्यो चकित​

एजेन्सिः घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्ष पछि सेल्फीले...