News Portal

परिक्षा दिन हिँड भन्दै ११ कक्षाकी विद्यार्थीलाई शिक्षकले होटलमा लिएर गए, त्यसपछि….. (भिडियो हेर्नुस्)

एनपर्दा संवाददाता
१९८२ पटक

काठमाडौ । परिक्षा दिन भन्दै एक शिक्षकले होटलमा लगेर होटलको कोठा भित्र परिक्षा दिन लगाएको कुरा सार्वजनिक भएपछि पोखरामा तरंग उत्पन्न भएको छ । एक युवती कक्षा ११ मा अध्ययन गरेकी थिइन् । उनलाई दुई विषय लागेको थियो । त्यसको पुरक परिक्षा दिन पाउने ब्यवस्था थियो । तर ति युवतीलाई शिक्षकले परिक्षा दिन हिँड भनेर युवतीलाई मोटरसाइकलमा राखेर होटलमा लिएर गए ।

युवतीले आफ्नो शिक्षकले त्यसरी होटलमा लैजालान् भन्ने अनुमान नै नगरेको बताएकी छन् । सरले परिक्षा दिन हिँड भनेर भन्नुभयो, मैले त नजिकै होला भन्ने सोचेर मोटरसाइकलमा बसें तर सरले होटलमा लिएर जानुभयो । उनले आफुलाई परिक्षा दिँदा पनि किताव सारेको पनि खुलसा गरेकी छन् ।

होटलको कोठामा परिक्षा दिइन् । किताव सारेर नै लेखिन् । त्यती बेला सम्म युवतीलाई केही लागेको थिएन । तर युवतीले परिक्षा सकियो सर अब जाउँ भनेर भन्दा सरको ब्यवहार देखेर युवती डराइन् । आफ्नो घरवाट टाढा मोटरसाइकलमा लिएर गएका कारण आफु एक्लै फर्कन सक्ने अवस्था पनि थिएन ।

पोखरा बगर टुँडिखेलमा रहेको राष्ट्रिय माबीमा अध्ययनरत पिडित छात्राका अनुसार आफ्नै शिक्षकले परिक्षा लिने भन्दै एक होटेलमा लगेर गलत हर्कत गरेका हुन् ।

मेजर अंग्रेजी विषयको परिक्षा लिने र आफुले सहयोग गर्ने भन्दै शिक्षक शिरिस कुमार बस्ताकोटीले कलेजमा नहुने अन्त कतै जानु पर्छ भनेर आफ्नै मोटरसाइकलमा लगेर गएको छात्रा बताउछिन ।

शिक्षक बास्ताकोटीले लेखनाथ स्थित एक होटेल बुक गरेर आफ्नो परिक्षा त्यहि कोठामा लिएका थिए । तर जब परिक्षा सकियो त्यसपछि शिक्षकले गलत हर्कत सुरु गरेको छात्राले बताइन ।

गलत गर्न खोजे पनि छात्राले सुइँको पाएपछि शिक्षकसंग कुनै दुर्घटना भने नभएको युवतीको भनाई छ । त्यसपछि होटेलको आधा बिल तिर्न लगाएर उनीहरु घर आएको छात्रा बताउछिन । शिक्षक बास्ताकोटी लगायत अन्य शिक्षकको पनि मिलेमतो रहेको हुन सक्ने छात्राले बताइन । https://online48post.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्ध बिच्छेद गरिसकेका पूर्व पतिसँग फेरि माया बस्यो, अब म के गरौं ?

म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा...

हिम्मतवाला वडाध्यक्ष जसले लगाए भारतसँग जोडिएको सीमामा काँडेतार ! सम्मानस्वरुप शेयर गरौँ !

काठमाडौं । ठोरी (पर्सा) । लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर...

अब एमालेको दिन गनेर सकिदै जान्छ, केपी ओलीका भजने, किर्तनेहरु मात्रै त्यहाँ बस्छन : रामकुमारी झाँक्री

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको...

यो देशले माधव नेपाल जस्तो नेता पाउनु भाग्य हो, माधव नेपाल राष्ट्रिय हिरो हो : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद राजेन्द्र पाण्डेले आफूहरुले एकताको लागि...

देउवा,प्रचण्ड र माधव भन्दा केपी ओली दश गुणा उत्कृष्ट काम गर्ने देश प्रेमि नेता हुन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेका नेताहरु व्यवस्थालाई भन्दापनि सत्तालाई महत्व दिन...