News Portal

जारी भयो नया सुचना, राष्ट्रपति भण्डारीको यस्तो घोषणाले देशैभर तनाब

एनपर्दा संवाददाता
९८०१ पटक

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । आइतबार सूचना जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् । राष्ट्रिय सभाको चालू अधिवेशन आइतवार राति १२ बजेबाट अन्त्य हुने राष्ट्रपतिले जारी गरेको सूचनामा उल्लेख छ ।

पत्रमा उल्लेख छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७७/९/२६ को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन संवत् २०७७ साल पुस २६ गते आइतबारका दिन राति १२ बजेदेखि अन्त्य गरेको छु।’

यसअघि आइतबार नै बसेको आकष्मिक मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो। यस्तै यता प्रधानमन्त्री केपी शर्मा ओली सञ्चारमाध्यममाथि नै खनिएका छन् ।

आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै ओलीले विशाल जनसभाको फोटो नछाप्ने तर विरोधीहरुले गरेको सामान्य विरोधलाई भने ‘हाइलाइट’ गरेर फोटो छापेको भन्दै सञ्चारमाध्यममाथि खनिएका हुन् । ओलीले सञ्चारमाध्यमहरुले आफुले गरेका कामको सञ्चारमाध्यमले प्रशंसा नगरेको भन्दै आक्रोश पोखेका हुन् । ओलीले भने- ‘विशाल जनसभाको फोटो छापिदैन, तर सरकार विरोधी जमात देखियो भने हाइलाइट गरेर समाचार र फोटो छापिन्छ,’।

प्रधानमन्त्री ओलीले प्रचण्ड माधव पक्षले प्रायोजित रुपमा सञ्चारमाध्यमहरु परिचालन गरेर सरकारको विरोध गर्न लगाएको टिप्पणी गरे । ‘प्रायोजित र अनेक लगानीका सञ्चारमाध्यम प्रयोग गरेको छ,’ ओलीको भनाइ छ ।

उनले पूर्वप्रधानन्यायाधीशहरूप्रति लक्षित गर्दै कुनै बेला न्यायालयमा जागिर खानेबित्तिकै अहिले पनि आफैं न्यायालयमा छु भनेजस्तो गरेर धारणा सार्वजनिक गरेको प्रसंग दोहोर्‍याए ।

‘वक्तव्य निकाल्ने न्यायमूर्तिहरूले प्रधानन्यायाधीश भएका बेला आफ्नो समयमा कस्तो न्याय दिनुभएछ ?’ उनले भने, ‘पत्रकार सम्मेलन गर्ने र वक्तबाजी गर्नेहरूले मात्र कानुन पढेका छन् । अरूले पढेका छैनन् ? के सर्वोच्च अदालतमा वकालत नगरी बिनाअनुभव मान्छे पुगेका छन् ?’ संविधानमा प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको धारणासहित चार जना पूर्वप्रधानन्यायाधीशले शुक्रबार संयुक्त वक्तव्य जारी गरेका थिए ।

अहिलेको संविधानले संवैधानिक विषयमा संवैधानिक इजलास गठन गरेर त्यसबाट फैसला गर्ने व्यवस्था गरेको धारणा राख्दै उनले अगाडि भने, ‘त्यसबाट फैसला गर्न पाइँदैन भन्ने एकाथरीले कहाँ कानुन पढेछन् ?’ संवैधानिक इजलास राख्ने संविधानको व्यवस्था हो कि होइन ? भन्दै ओलीले कानुन–व्यवसायीले बकबास गरेर हिँडेको आरोप लगाए ।

दाहाल–नेपाल समूहप्रति लक्षित गर्दै उनले भने, ‘कहिले प्रतिनिधिसभा विघटन भयो भन्दै मुद्दा हाल्न जाने, कहिले विघटन भएको छैन प्रतिनिधिसभा बैठक बस्छौं भन्ने, सडकमा जान्छौं पनि भन्दै गर्ने, अदालत जान्छौं पनि भन्ने ।’ ओलीले स्वतन्त्र भनिनेहरू राजनीतिक पक्षधरताका आधारमा लागेको बताए ।

ओलीले बुद्धिजिवीहरुको पनि आलोचना गरे । उनले भने, ‘केही त्यस्तै खालका बुद्धिजिवीहरुको एउटा झुण्डलाई प्रयोग गरेको छ । र देशलाई अस्थिरता फैलाउने प्रयास भएको छ ।’ उनले यस्तै अस्थिरता सिर्जना गर्ने प्रयासलाई रोक्न प्रतिनिधि सभा विघटन गरेर रोकेको दाबी गरे ।

ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले बर्खास्त (खारेज) गर्नुपर्ने बताए । उनले कार्यकारी प्रधानमन्त्रीले गरेको सिफारिसबमोजिम राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु कानुनी र संवैधानिकभन्दा राजनीतिक विषय भएको दाबी गरे । https://junelidaily.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

भारत कालापानी , लिम्पियाधुरा र लिपुलेक विवादको समाधान गर्न तयार :प्रदीप ज्ञवालि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद समाधान गर्न भारत तयार देखिएको बताएका छन्।...

एउटा इमान्दार केटा चाहियो: म संगै जापान जाने अनि संगै बस्ने (तुरुन्तै सम्पर्क गर्नुहोस्)

म काठमान्डौमा बेचलर रनिङमा पढ्दैछु । मेरो पढाइको विषय मेनेजमेन्ट हो । त्यसकारणा जापन जानको...

आफ्नी २ वर्षकी छोरीलाई तनहुकी इन्दिराले यसरी बाघको पन्जाबाट खो’सीन् (भि”डियो हेर्नुहोस्)

नहुँकी इन्दिराले आफ्नी २ वर्षकी छोरीलाई यसरी बाघको पन्जाबाट खो’सीन्(भि”डियो हेर्नुहोस्) नेपालमा भर्खरै मात्र एउटा्...

युवककाे बाईकमा लिफ्ट मागेर हिँडेकी, यी नर्सकाे जीवनमा पत्याउनै मु’स्किल पर्ने घ’टना, !

चक्र खडायत – मलाई बिहानै ८/९ बजे नै नेपालगन्ज पुग्नु थियो, बिहानै साढे ५ बजे...

यी दिदि बहिनीको बारेमा यस्तो रहस्य खुल्योः थाहा पाउँदा जो कोहि बन्यो चकित​

एजेन्सिः घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्ष पछि सेल्फीले...