News Portal

यसरी हुदैछन् अबको केहि समयपछि नेकपा अध्यक्ष प्रचण्ड नेपालको प्रधानमन्त्री

एनपर्दा संवाददाता
१२७८ पटक

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निर्वाचनको घोषणा गरेपनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावमै नगई प्रधानमन्त्री बन्ने दाउमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले दाबी गरेका छन् ।

पोखरेलले नेपाली कांग्रेस र मधेसवादी दलसँग साँठगाँठ गरेर प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा लागेको बताए । सर्लाहीको सदरमुकाम मलंगवामा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रचण्ड र माधव नेपालले महाधिवेशनबाट चुनिएको अध्यक्ष ओलीलाई हटाउने गलत प्रयास गरेको समेत बताए । पार्टी छाडेर गएकाहरूलाई फिर्ता हुन समेत पोखरेलले आग्रह गरे ।

पोखरेलले पार्टी एकताका बेलादेखि नै पार्टीभित्र अन्तरिक समस्या रहेको बताएका छन् । २ पार्टीबीच एकता हुने बेलामा पार्टीभित्र राम्रोसँग अभ्यास नभएकाले अहिले पार्टीमा फुटको अवस्था आएको पोखरेलले बताए ।

आगामी बैशाख १७ र २७ गते २ चरणमा चुनाव हुने बताउँदै उपप्रधानमन्त्री पोखरेलले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिए । ‘चुनाव हुँदैन कि भन्ने अब कुनै शंका छैन, निर्वाचन आयोग चुनावको तयारीमा लागिसकेको छ,’ उनले भने ‘यो कुनै राजा महाराजाले गराउन लागेको चुनाव हैन । जनताबाट निर्वाचित सरकारले नयाँ जनादेश लिन गराउन लागेको चुनाव हो ।’

पोखरेलले प्रचण्डले जहिले पनि अवसर, अन्तरविरोध र पार्टीलाई तरङ्गित पारेर अगाडि बढ्ने गरेको आरोप लगाए । नेपाल–भारत सम्बन्ध सन्दर्भमा पोखरेलले सबैथोक बदल्न सकिने तर छिमेकी बदल्न नसकिने भन्दै भारत कुनै समय बेलायतको गुलाम भएको भन्दै नेपाल कुनै देशको गुलाम नभएको बताएका छन् । सर्लाहीसँग जोडिएको नेपाल–भारत सीमा नाका ३–४ दिनभित्रै खुल्ने पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस्

भारत कालापानी , लिम्पियाधुरा र लिपुलेक विवादको समाधान गर्न तयार :प्रदीप ज्ञवालि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद समाधान गर्न भारत तयार देखिएको बताएका छन्।...

एउटा इमान्दार केटा चाहियो: म संगै जापान जाने अनि संगै बस्ने (तुरुन्तै सम्पर्क गर्नुहोस्)

म काठमान्डौमा बेचलर रनिङमा पढ्दैछु । मेरो पढाइको विषय मेनेजमेन्ट हो । त्यसकारणा जापन जानको...

आफ्नी २ वर्षकी छोरीलाई तनहुकी इन्दिराले यसरी बाघको पन्जाबाट खो’सीन् (भि”डियो हेर्नुहोस्)

नहुँकी इन्दिराले आफ्नी २ वर्षकी छोरीलाई यसरी बाघको पन्जाबाट खो’सीन्(भि”डियो हेर्नुहोस्) नेपालमा भर्खरै मात्र एउटा्...

युवककाे बाईकमा लिफ्ट मागेर हिँडेकी, यी नर्सकाे जीवनमा पत्याउनै मु’स्किल पर्ने घ’टना, !

चक्र खडायत – मलाई बिहानै ८/९ बजे नै नेपालगन्ज पुग्नु थियो, बिहानै साढे ५ बजे...

यी दिदि बहिनीको बारेमा यस्तो रहस्य खुल्योः थाहा पाउँदा जो कोहि बन्यो चकित​

एजेन्सिः घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्ष पछि सेल्फीले...