News Portal

आफू आधिकारिक भएको भन्दै निर्वाचन आयोगलाई पत्र लेख्दै ओलीले दिए ८ प्रमाण

एनपर्दा संवाददाता
२९५ पटक

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगमा जवाफ पेश गरेको छ । आयोगले गत बिहीबार नेकपाका दुवै पक्षलाई ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेअनुसार अध्यक्ष ओलीको तर्फबाट आज आयोगमा जवाफ पेश गरिएको हो ।

जवाफमा अध्यक्ष ओलीले नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल, प्रचण्ड दोस्रो वरियताको अध्यक्ष कायम रहेको जानकारी दिनुभएको छ । सो पत्रमा दाहाल–नेपाल समूहले आफूलाई अनुशासनको कारबाही गर्दै माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको विवरण पेश गर्नुको औचित्य र वैधानिकता नभएको उल्लेख गरिएको छ ।

‘नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु । द्वितीय अध्यक्षमा पुष्पकमल दाहाल रहनु भएको छ । यसरी दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरी दायर गरेको निवेदन हकदैयाविहीन र औचित्यहीन छ,’ ओलीले पठाउनु भएको जवाफमा भनिएको छ ।

नेपाललाई अध्यक्ष बनाइएको भन्ने दाहाल–नेपालले आयोगलाई पठाएको पत्राचार र दाबीको कुनै औचित्य र वैधानिकता नभएको पनि पत्रमा उल्लेख छ । दाहालसमेतले आयोगमा पत्र पठाइ पार्टी विभाजनको हिसाबले पत्राचार गरेपनि नेकपा विभाजन नभएको अध्यक्ष ओलीले पठाएको पत्रमा उल्लेख छ ।

‘मेरो नेतृत्वमा आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरी सो महाधिवेशन नभएसम्मका लागि पार्टीको प्रमुख पदाधिकारी तथा प्रथम अध्यक्षको नाताले पार्टी एकीकरण गर्दाको मर्म, भावना अनुरुप र विधानको धारा १८ (झ) (२) र ५ बमोजिम गठन भएको केन्द्रीय कमिटीमा पुष्पकमल दाहाल साविकमा झै दुई नम्बर अध्यक्ष हुनुहुन्छ, अर्को दाबीकर्ता माधवकुमार नेपाल वरिष्ठ नेता रहनु भएको छ । यसरी नै उहाँहरुले पेश गरेको भेलाको माइन्युटमा हस्ताक्षर गर्ने साथीहरुमध्ये धेरैले मिति २०७७ पुस ७ र ९ गते बालुवाटारमा महासचिव अध्यक्षको परामर्शमा बोलाउनु भएको बैठकमा हस्ताक्षर गर्नुभएको छ,’ ओलीको जवाफमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले आफूबिरुद्ध अबिश्वासको प्रस्ताव आउने निश्चित भएपछि पुस ५ मा प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । प्रचण्ड र नेपाल समुहले बिघटनको निर्णयप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीमाथि कार्वाही गरेको भन्दै आयोगमा पत्राचार गरेको थियो । अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपाल समुहले गरेको निर्णय बैधानिक हैसियतमै नरहेको पनि आफ्नो जवाफमा प्रष्ट पार्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

भारत कालापानी , लिम्पियाधुरा र लिपुलेक विवादको समाधान गर्न तयार :प्रदीप ज्ञवालि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद समाधान गर्न भारत तयार देखिएको बताएका छन्।...

एउटा इमान्दार केटा चाहियो: म संगै जापान जाने अनि संगै बस्ने (तुरुन्तै सम्पर्क गर्नुहोस्)

म काठमान्डौमा बेचलर रनिङमा पढ्दैछु । मेरो पढाइको विषय मेनेजमेन्ट हो । त्यसकारणा जापन जानको...

आफ्नी २ वर्षकी छोरीलाई तनहुकी इन्दिराले यसरी बाघको पन्जाबाट खो’सीन् (भि”डियो हेर्नुहोस्)

नहुँकी इन्दिराले आफ्नी २ वर्षकी छोरीलाई यसरी बाघको पन्जाबाट खो’सीन्(भि”डियो हेर्नुहोस्) नेपालमा भर्खरै मात्र एउटा्...

युवककाे बाईकमा लिफ्ट मागेर हिँडेकी, यी नर्सकाे जीवनमा पत्याउनै मु’स्किल पर्ने घ’टना, !

चक्र खडायत – मलाई बिहानै ८/९ बजे नै नेपालगन्ज पुग्नु थियो, बिहानै साढे ५ बजे...

यी दिदि बहिनीको बारेमा यस्तो रहस्य खुल्योः थाहा पाउँदा जो कोहि बन्यो चकित​

एजेन्सिः घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्ष पछि सेल्फीले...