
काठमाडौं । प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संकटकाल लगाउन लागिएको आशंका गरिएको छ । कतिपय व्यक्तिले प्रधानमन्त्री ओलीले संकटकाल लगाउन सक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।
राजनीतिक संक्रमणकालको अवस्था सृजना भए पनि प्रधानमन्त्री ओलीले यथास्थितिमा संकटकाल लगाउने सम्भावनालाई बालुवाटार स्रोतले इन्कार गरेको छ । मुलुककोे अखण्डता, सार्वभौमसत्ता र साम्प्रदायिक सद्भाव कायम रहेका बेला अहिले संकटकालको सम्भावनाको गुञ्जासलाई इन्कार गरिएको छ ।
प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचनको मिति घोषणा गरेका प्रधानमन्त्री ओलीले सत्ता लम्ब्याउन संकटकालको घोषणा गर्न सक्ने अभिव्यक्तिहरु सार्वजनिक भइरहेका छन् ।
विद्यमान अवस्थामा मुलुकभर वा प्रादेशिक रुपमा पनि संकटकाल लगाउने आधार देखिँदैन । तर, केही दिनयता प्रधानमन्त्री ओलीले संकटकाल लगाउन लागेको हल्ला चल्न थालेको छ ।