News Portal

नेपालीहरुको लागि अस्ट्रेलियामा रोजगारीको अवसर मासिक ४ लाखसम्म कमाइ {जुनसुकै देशबाट अपिल गर्न मिल्ने}

एनपर्दा संवाददाता
३६३ पटक

काठमाडौ । अस्ट्रेलियाले कोरोना भाइरसका कारण भइरहेको जनशक्ति अभाव कम गर्न विद्यार्थीले काम गर्न पाउने समय बढाएको छ । अध्यागमन विभागका अनुसार यो प्रावधान अस्थायी रूपमा केही महत्त्वपूर्ण क्षेत्रमा मात्र लागू हुनेछ । अस्ट्रेलियाली गृहमन्त्रालयले एक सूचना जारी गर्दै वर्तमान कठिन अवस्थामास्वास्थ्य, कृषिलगायतका अत्यन्तै जरुरी सेवामा आवश्यक जनशक्ति पूरा गर्न यो निर्णय लिइएको जनाएको छ ।

सूचनामा मन्त्रालयले तत्कालका लागि दुई सातामा ४० घण्टा मात्र काम गर्न पाउने अधिकार बढाइएको बताएको छ । कानुनतः अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले दुई सातामा ४० घण्टा मात्रकाम गर्न पाउँछन् । यदि सरकारले दिएको अधिकारभन्दा बढी काम गरेको पाइएमा भिसा रद्दसम्मको सजायको व्यवस्था छ । सरकारका अनुसार यहाँ रहेका नर्सिङ होम तथा स्वास्थ्य क्षेत्रमा केयरिङ, नर्सिङलगायत काम गर्नेहरूलाई यो अधिकार प्रदान गरिएको छ । यसैगरी, अशक्त तथा अपांग नागरिकको रेखदेखर हेरचाह गर्ने काम गरिरहेका विदेशी विद्यार्थीले समेत यो सुविधा पाएका हुन् ।

यद्यपि यसका लागि सरकारको आधिकारिक निकायमा दर्ता भएको संस्थामा कार्यरत रहेको भने हुनुपर्नेछ । स्वास्थ्यसँग सम्बन्धित विषय अध्ययन गरिरहेका र स्वास्थ्य अधिकारीको निर्देशनअनुसार कोभिड–१९ कोनियन्त्रणका क्षेत्रमा काम गरिरहेका विद्यार्थीलाई पनि यो सुविधा प्राप्त हुनेछ । सरकारले कृषि क्षेत्रमा काम गरिरहेका विदेशी विद्यार्थीलाई समेत दुई साताको ४० घण्टाभन्दा बढी काम गर्न दिने निर्णय गरेको छ । विद्यार्थी परामर्शको क्षेत्रमा काम गरिरहेकाका अनुसार यसले विद्यार्थीलाई अहिलेको कठिनअवस्थामा आर्थिक रूपमा ठूलो राहत दिएको छ ।

यसले मुख्य गरेर नर्सिङ, अपांगता र कृषि क्षेत्रमा काम गरिरहेका विद्यार्थीलाई मात्र लक्षित गरेका कारण सबै विद्यार्थीले यसको लाभ लिन भने सक्ने छैनन् । आधा दशकदेखि सिड्नीमा रहेर विद्यार्थी परामर्शको काम गरिरहेका अर्जुन थपलिया सरकारकोयो निर्णय कम्तीमा एक वर्षसम्म रहने अनुमान गर्छन् । ‘कोरोनाका कारण अहिले नयाँ विद्यार्थी आउन नपाएका कारणसमेत यी क्षेत्रमा भएका जनशक्ति अभावलाई कम गर्न सरकारले यो निर्णय गरेको हो,’ थपलियाले भने । सरकारको यो निर्णयले आफूहरूलाई ठूलो राहत दिएको विद्यार्थीहरूकोभनाइ छ ।

दुई वर्षदेखि सिड्नीस्थित एक नर्सिङ होममा केयररका रूपमा कामसमेत गरिरहेकी नेपाली विद्यार्थी अञ्जु बस्नेत कठिन अवस्थामा यसले आर्थिक रूपमा ठूलो सहयोग गरेको बताउँछिन् । अब फुलटाइम काम गर्न पाउने भएपछि पैसा पनि राम्रो कमाउन सकिन्छ भने विश्वविद्यालयको शुल्कतिर्नसमेत घरमा भनिरहन पर्दैन,’ उनले भनिन् ।

कोरोना भाइरसका कारण काम गुमाएका कारण हजारौं नेपालीसहित विदेशी विद्यार्थीलाई आर्थिक समस्या देखिएको छ । सरकारले यो प्रावधान कहिले समाप्त हुन्छ भन्नेबारेमा केही खुलस्त नपारे पनि क्रमिक रूपमा यसको समीक्षा गरेर निर्णय गरिने बताएको छ । त्यसका साथै कामसम्बन्धी परिवर्तित प्रावधानका लागि कुनै सरकारी निकायमा आवेदन दिन नपर्ने उल्लेख गरेको छ । https://www.sathikhabar.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

भारत कालापानी , लिम्पियाधुरा र लिपुलेक विवादको समाधान गर्न तयार :प्रदीप ज्ञवालि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद समाधान गर्न भारत तयार देखिएको बताएका छन्।...

एउटा इमान्दार केटा चाहियो: म संगै जापान जाने अनि संगै बस्ने (तुरुन्तै सम्पर्क गर्नुहोस्)

म काठमान्डौमा बेचलर रनिङमा पढ्दैछु । मेरो पढाइको विषय मेनेजमेन्ट हो । त्यसकारणा जापन जानको...

आफ्नी २ वर्षकी छोरीलाई तनहुकी इन्दिराले यसरी बाघको पन्जाबाट खो’सीन् (भि”डियो हेर्नुहोस्)

नहुँकी इन्दिराले आफ्नी २ वर्षकी छोरीलाई यसरी बाघको पन्जाबाट खो’सीन्(भि”डियो हेर्नुहोस्) नेपालमा भर्खरै मात्र एउटा्...

युवककाे बाईकमा लिफ्ट मागेर हिँडेकी, यी नर्सकाे जीवनमा पत्याउनै मु’स्किल पर्ने घ’टना, !

चक्र खडायत – मलाई बिहानै ८/९ बजे नै नेपालगन्ज पुग्नु थियो, बिहानै साढे ५ बजे...

यी दिदि बहिनीको बारेमा यस्तो रहस्य खुल्योः थाहा पाउँदा जो कोहि बन्यो चकित​

एजेन्सिः घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्ष पछि सेल्फीले...