News Portal

भारत कालापानी , लिम्पियाधुरा र लिपुलेक विवादको समाधान गर्न तयार :प्रदीप ज्ञवालि

एनपर्दा संवाददाता
१५३ पटक

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद समाधान गर्न भारत तयार देखिएको बताएका छन्। कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद छिटो समाधान गर्न राजनीतिक र कूटनीतिक संयन्त्रलाई क्रियाशील गर्न दुवै मुलुक सहमत भएको मन्त्री ज्ञवालीले बताएका हुन्।भारत भ्रमणबाट फर्किएपछि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग मन्त्री ज्ञवालीले सन् १९५० को सन्धिको पुनरवलोकन, ईपीजी प्रतिवेदन र बाँकी रहेको सीमा विवाद समाधान गर्न भारतीय पक्षसँग गम्भीर र फलदायी छलफल भएको बताएका छन्।मन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए। भारतीय रक्षामन्त्रीलाई उद्धृत गर्दै ज्ञवालीले भने, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेकको समस्या समाधानका लागि छलफल गरौं।

भारतीय रक्षामन्त्री सिंहले सीमा समस्यालाई यथाशीघ्र समाधान गर्नुपर्ने भनेको उनले पत्रकारलाई सुनाएका थिए। सिंहसँगको भेटमा रक्षा सहयोगबारे समेत छलफल भएको मन्त्री ज्ञवालीको भनाइ थियो। आयोगको बैठकमा सीमा विवाद सुल्झाउन सन् २०१४ मा बनेको सचिवस्तरीय संयन्त्रलाई क्रियाशील बनाउने विषयमा छलफल भएको छ।दुवै मुलुक उच्चस्तरीय राजनीतिक संयन्त्रलाई क्रियाशील बनाई सीमा समस्या समाधान गर्न तयार भएका हुन्। मन्त्री ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेकमा देखिएको सीमा विवाद समाधान गर्न संवाद र वार्ता एक मात्र विकल्प भएको समकक्षी एस जयशंकरसँग भेटमा भनेका थिए।

भारतीय विदेशमन्त्री जयशंकरले नेपालसँग देखिएका सीमालगायत असमझदारीलाई संवादको माध्यमबाट निरुपण गर्र्दै लैजाने बताएका थिए।ज्ञवालीले नेपाल–भारत संयुक्त आयोगको बैठकमा आर्थिक सहायता, कनेक्टिभिटी, ऊर्जालगायत विषयमा छलफल भएको बताए। ‘बैठकमा नेपाल र भारतका विविध विषयमा छलफल भयो’, ज्ञवालीले भने, ‘बैठक बस्नु नै आफैँमा सकारात्मक विषय हो।’

उनले कारोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन भारत तयार रहेको पनि बताए। भारतले शनिबार खोप लगाउन सुरु गरेको छ। तर, ज्ञवालीले कहिलेसम्म भारतले खोप दिन सक्छ भन्ने विषयमा केही खुलाएनन्। नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक नेपालमा बस्नेछ।

प्रतिकृया दिनुहोस्

ओली समूहको निर्णय यस्तो अब राष्ट्रपतिलाई सिफारिस गर्ने

नेकपा विभाजनपछिको ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

मैले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्नु हुँदैन भनेको थिएँ, मान्नुभएन : सुवास नेम्बाङ

काठमाडौं ,संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन...

अब ओलीलाई राम मन्दिरको मूल पुरोहित बनाइदिऊँ: सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने...

रामचन्द्र पौडेललाई राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री यसरी हुँदैछ सहमती

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएसँगै राजनीतिक घटनाक्रम कसरी अघि बढ्ला भन्ने...

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग...