News Portal

बामदेव गौतम उपप्रधानमन्त्री सहित गृहमन्त्री, यी आधा दर्जनमन्त्रीको पद चैट…

एनपर्दा संवाददाता
४६८९ पटक

काठमाडौं – दुई बर्षे मापदण्ड अनुसार मन्त्रिपरिषद् पुर्नगठनको तयारी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्व माओबादी खेमा सहितका मन्त्री हरुलाई बिदाई बर्ने र नयाँलाई ल्याउने तयारी गरेका छन्।

दुई बर्षे मापदण्ड अनुसार योगेश भट्टराई, घनश्याम भुषाल, वसन्त नेम्वाङ, शिवमाया तुम्बाहाम्फेको पद मात्रै सुरक्षित हुने छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि झण्डै दुई वर्ष मन्त्री भइसकेका छन् । उनलाई सञ्चारमा लगेर सरकारको प्रवक्ता बनाउने तयारी छ भने भुमिसुधारमन्त्री पद्मा अर्यालले निरन्तरता पाउने सम्भावना कम रहेको बालुवाटार श्रोतले जानकारी दिएको छ ।

अप्ठ्यारो पर्दा साथ दिएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र रामबहादुर थापा बादललाई पुनः मौका दिने पक्षमा ओली भएपनि पार्टीभित्र उनीहरुलाई सरकारबाट हटाउन एउटा समुह नै लागेको छ ।

पोखरेलविरुद्ध पूर्व एमालेको ठुलो तप्का लागेको छ भने बादलविरुद्ध पूर्व माओवादीकै समुह लागेका छन् । दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने मापदण्ड अनुसार मन्त्रीमण्डल पुर्नगठन भएमा पोखरेल र बादल पनि सरकारमा रहने छैनन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन् । उनी पनि यसपटक पुर्नगठनमा मन्त्री रहिरहने सम्भावना कम हुँदै गएको छ । लेखराज भट्टलाई मन्त्रीमा कायमै राख्ने पक्षमा प्रधानमन्त्री ओली रहेका छन् । पूर्व माओवादीका गिरिराजमणि पोखरेल, विना मगर, वर्षमान पुन, शक्ति बस्नेतलगायतको पनि बिदावारीको सम्भावना छ ।

नारायणकाजी श्रेष्ठको उपप्रधानमन्त्रीसहित सरकारमा सहभागिता हुनसक्छ ।बामदेव गौतम उपप्रधानमन्त्री सहित मन्त्री बन्ने सम्भावना बलियो छ । तर, उनलाई अर्थ नदिइने भएको छ । गौतमलाई गृहमन्त्रीमा लान खोजिएको छ । https://junelidaily.com//बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

ओली समूहको निर्णय यस्तो अब राष्ट्रपतिलाई सिफारिस गर्ने

नेकपा विभाजनपछिको ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

मैले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्नु हुँदैन भनेको थिएँ, मान्नुभएन : सुवास नेम्बाङ

काठमाडौं ,संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन...

अब ओलीलाई राम मन्दिरको मूल पुरोहित बनाइदिऊँ: सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने...

रामचन्द्र पौडेललाई राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री यसरी हुँदैछ सहमती

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएसँगै राजनीतिक घटनाक्रम कसरी अघि बढ्ला भन्ने...

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग...