News Portal

नेपाल मै यस्ताे फेसबुकमा राम्रो फोटो राखेर केटाहरु फसाउने…{हेराै एकपटक}

एनपर्दा संवाददाता
१४३ पटक

बर्दियाकी ३३ वर्षीया आशिककुमारी चौधरीले अर्कैको राम्रो फोटो राखेर नक्कली फेसबुक आईडी बनाइन् । राम्री केटीको फोटो देखेपछि नवलपरासीका युवा फेसबुकमा जोडिन आइपुगे ।आशिककुमारी पनि के कम, गफ गर्न थालिन् । सामान्य चिनजानबाट शुरु भएको कुराकानी मायाप्रेमसम्म पुग्यो । च्याटमात्रै होइन, फोनमा कुरा हुन थाले ।दुवै जनाले लामो कुराकानी गर्न थाले, भेटेर रोमान्स गर्नेसम्मको । आशिककुमारीले आफ्नो व्यापार, व्यवसाय राम्रो भएको गफ दिन्थिन् । आफ्नै गाडी भएको बताउँथिन् ।

उनले आफ्नो उमेर २२ वर्ष बताएकी थिइन् । जवान केटी, व्यापार व्यवसाय राम्रो भएको र गाडीसमेत भएको भनेपछि केटा त्यसै मोहित हुने भए नै । उनले भिडियो कल गर्ने प्रयास गर्न थाले । केटी भिडियो कलमा आइनन् । किनकि, उनी फेसबुकमा देखिएकी केटी थिइनन्, न त २२ वर्षकी नै थिइन् । उनी त दुई सन्तानकी आमा थिइन् ।

केटाले भेट्ने कुरा गर्थे । केटी टारिरहन्थिन् । अति नै कर गरेपछि केटीले अर्को गफ दिइन्, मेरो पोखरामा पनि घर छ । त्यहाँ जाने बेलामा बाटोमा भेटौंला र सँगै पोखरा जाऔंला । केटा त्यसै मख्ख परे । छिटो आउन भन्न थाले । भदौ २६ गते उनले घरबाट निस्केको जानकारी दिइन् । आफ्नै गाडीमा जाने क्रममा चन्द्रौटामा पुगेपछि अ पह’रणमा परेको बताइन् । केटा आत्तिए । केटीले प्रहरीलाई आफू अ’पह’रणमा परेको जानकारी गराइन् ।

कुरा बाँके प्रहरीमा मात्रै सीमित रहेन, प्रदेश हुँदै हेडक्वाटरसम्म पुग्यो । प्रहरीले रातभरि अ’प्रेसन चलायो । प्रदेशका डीआईजी र हेडक्वाटरका उच्च अधिकारीहरु राती अबेरसम्म जागाराम बसे, खोजतलासमा लागिरहे ।केटीको फोनको लोकेसन नेपालगन्ज नै देखाइरहेको थियो ।

धेरै मेहनतपछि प्रहरीले केटीलाई नेपालगन्जको फुल्टेक्रामा फेला पा¥यो । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार, आशिककुमारीले केटाले भेट्न कर गर्न थालेपछि आफूले नाटक गरेको बताएकी छन् । आशिककुमारीको फेसबुक आईडी आफ्नो थिएन, न त फोटो नै थियो । केटाले देख्दा नराम्रो भनेर झस्किने भएकाले उनले अ’पह’रणको नाटक गरेकी थिइन् । अ पह”रणको नाटक गरेर प्रहरीलाई दुःख दिएकाले प्रहरीले आशिककुमारीलाई कार’बाही प्रक्रिया अघि बढाएको छ । प्रतीकात्मक तस्बिर (गुगलबाट)

प्रतिकृया दिनुहोस्

ओली समूहको निर्णय यस्तो अब राष्ट्रपतिलाई सिफारिस गर्ने

नेकपा विभाजनपछिको ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

मैले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्नु हुँदैन भनेको थिएँ, मान्नुभएन : सुवास नेम्बाङ

काठमाडौं ,संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन...

अब ओलीलाई राम मन्दिरको मूल पुरोहित बनाइदिऊँ: सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने...

रामचन्द्र पौडेललाई राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री यसरी हुँदैछ सहमती

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएसँगै राजनीतिक घटनाक्रम कसरी अघि बढ्ला भन्ने...

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग...