News Portal

नेपाली काँग्रेसका शक्तिशाली नेताको कुराले विना, रेणु र प्रचण्डका ज्वाईहरुको खुल्ने भयो भाग्य !

एनपर्दा संवाददाता
७३४२ पटक

ताकुकोट। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभामा संसदीय दलका पूर्व नेता सुरेन्द्र पाण्डेले समाप्त हुने पालो अब कम्युनिस्टहरूको आएको बताएका छन् । ताकुकोटको डाँडागाउँमा शुक्रबार आयोजित कांग्रेसको संगठन सुदृढीकरण अभियानलाई सम्बोधन गर्दै नेता पाण्डेले कम्युनिस्टहरूको ज्यादति धेरै भएको बताए ।

‘जनताले बहुमत दिँदा पनि पूरा समय सरकार चलाउन सकेनन् । आन्तरिक विषयको झगडाले गर्दा संसद विघटन गरेका छन्’, उनले भने, ‘कम्युनिस्टहरूले भ्रष्टाचार गरेका छन् । जनतालाई दुःख दिएका छन् ।’

‘प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठहरूका बीच लेनदेनमा कुरा मिल्दासम्म सँगै बसे । भ्रष्टाचार गरेको पैसा ओलीले दिन छाडेपछि कुरा बिग्रियो’, उनले भने, ‘बुहारीलाई मन्त्री, छोरीलाई मेयर ज्वाइँहरूलाई नियुक्ति र सरकारी सुविधा दिएका प्रचण्डलाई ओलीले पैसा र पद दिन छाडेपछि कुरा बिग्रियो ।’

कांग्रेसलाई कजमजोर ठानेर तर्साउने काम बन्द गर्न कम्युनिस्टहरूलाई कांग्रेस नेता पाण्डेले सचेत गराएका छन् । ‘कांग्रेसलाई कम्युनिस्टले तर्साउँदैमा कांग्रेस तर्सिदैन’, उनले भने, ‘कम्युनिस्टहरूसँग डराउनु हुँदैन । यिनीहरूको हबिगती सबै देखिएको छ ।’

‘कम्युनिस्टको झगडा सिद्धान्त र विचारको होइन । ओलीले पैसा दिँदासम्म कुरा मिल्यो । दिन छाडेपछि झगडा भयो’, उनले भने, ‘छोरी–बुहारी–ज्वाइँलाई मन्त्री बनाइदिने हो भने कुरा मिल्छ ।’ओलीले प्रचण्ड–माधव नेपाललाई सडकमा ल्याएपछि बल्ल संविधान र विधिको कुरा गर्न थालेको कांग्रेस नेता पाण्डेले बताएका छन् ।

‘ओलीलाई सर्वसत्तावादी भन्न थालेका छन्, यो स्थिति एक महिनामा भएको हो र रु होइन । तीन वर्षसम्म भ्रष्टाचार भएको थियो । प्रचण्ड–माधवहरूले साथ दिएका थिए’, उनले भनेका छन् । नेता पाण्डेले कम्युनिस्टहरू असक्षम भएका कारण मुलुक समस्यातिर गएको बताए । उनले संसद विघटनको विषय सर्वोच्चमा रहेकाले अदालतको फैसलालाई कांग्रेसले मानेर अगाडि बढ्ने बताएका छन् ।

गोरखाबाट डा।बाबुराम भट्टराईलाई कांग्रेसले जिताएर ठूलो गल्ती गरेको कांग्रेस नेता पाण्डेले स्वीकार गरेका छन् । ‘बाबुरामलाई आँखमा भोट हालियो । हाम्रो आँखा फुटेकाले जितायौँ’, उनले भने, ‘अहिले मधेस केन्द्रित दलहरूलाई झुक्काउन जानुभएको छ ।’ कांग्रेस नेता पाण्डेले गोरखामा भएका विभिन्न कार्यक्रमहरूमा एक हप्तामा नेकपाका झण्डै पाँच सयभन्दा धेरैलाई कांग्रेसमा प्रवेश गराएका छन् । https://nepalpana.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

ओली समूहको निर्णय यस्तो अब राष्ट्रपतिलाई सिफारिस गर्ने

नेकपा विभाजनपछिको ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

मैले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्नु हुँदैन भनेको थिएँ, मान्नुभएन : सुवास नेम्बाङ

काठमाडौं ,संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन...

अब ओलीलाई राम मन्दिरको मूल पुरोहित बनाइदिऊँ: सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने...

रामचन्द्र पौडेललाई राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री यसरी हुँदैछ सहमती

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएसँगै राजनीतिक घटनाक्रम कसरी अघि बढ्ला भन्ने...

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग...