News Portal

नेकपाको आधिकारिकता दाहाल समुहले पाएपछि ओली समूहले अर्को दल खोल्ने घोषणा !

एनपर्दा संवाददाता
८५१४ पटक

काठमाडौं – पूर्व सञ्चारमन्त्री तथा प्रधानमन्त्री केपी ओली निकट नेता गोकुल बास्कोटाले सूर्य चिह्न कसको हुने भन्ने विवाद नरहेको भन्दै प्रचण्ड–माधव पक्षलाई त्यही चिह्नबाट चुनाव लड्न मन भए ओलीको नेतृत्वमा फर्किनुपर्ने बताएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै बास्कोटाले केपी ओली नै पार्टीको प्रमुख पदाधिकारी र महासचिवले बोलाएको बैठकमात्र वैध हुने भनेर निर्वाचन आयोगले प्रष्ट निर्णय गरिसकेकाले अब नेकपाको आधिकारिकता विवाद नरहेको बताए ।

बास्कोटाले भने– केही मान्छेमा निर्वाचन आयोगको निर्णयले भ्रम पैदा भयो भन्ने लागेको देखियो । तर आयोगले प्रष्ट भनिसक्यो । नेकपाको आधिकारिकता सम्बन्धी निर्णयमा चित्त नबुझ्ने पक्षले अदालत जाने वा अर्को दल दर्ता गर्नेबाहेक अरु विकल्प बन्द भएका छन् ।

बास्कोटाले अब निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आयोगले आह्वान गर्ने बेला भएकाले प्रचण्ड–माधव पक्ष अर्को दल दर्ताका लागि जानुपर्ने बताए ।ओलीले पार्टी नफुटाएको र प्रचण्डलगायत कसैलाई पनि कारवाही गरेर नहटाएकाले आधिकारिक पार्टी ओलीकै नेतृत्वमा रहेको उनको दावी छ । बास्कोटाले भने– पुस ५ अघिको निर्णयलाई आयोगले मान्यता दियो ।

त्यही निर्णयका आधारमा उपचुनाव र राष्ट्रियसभा चुनावमा केपी ओलीको हस्ताक्षर भएको मनोनयनपत्रमा नेकपामा उम्मेदवार चुनाव लडेका हुन् । अब पनि सूर्य चिह्नबाट उम्मेदवार बन्नेहरुले अ‍ोलीको दस्तखत भएको मनोनयनपत्र दाखिला गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस्

ओली समूहको निर्णय यस्तो अब राष्ट्रपतिलाई सिफारिस गर्ने

नेकपा विभाजनपछिको ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

मैले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्नु हुँदैन भनेको थिएँ, मान्नुभएन : सुवास नेम्बाङ

काठमाडौं ,संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन...

अब ओलीलाई राम मन्दिरको मूल पुरोहित बनाइदिऊँ: सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने...

रामचन्द्र पौडेललाई राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री यसरी हुँदैछ सहमती

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएसँगै राजनीतिक घटनाक्रम कसरी अघि बढ्ला भन्ने...

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग...