News Portal

यी नेताहरुको रुवाबासी : ओलीको अहिलेसम्मकै बोल्ड निर्णय, सबै नेताको बडीगार्ड फिर्ता !

एनपर्दा संवाददाता
३९४२ पटक

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली समुहकै नेताहरूले संघीयता खारेजीको मागलाई ब्यापक बनाउँदै लागेका छन् ।केहि नेताहरूले पछिल्लो समय संघीयता देशले धान्न नसक्ने भन्दै यसलाई खारेज गर्नुपर्ने तर्क गर्न थालेका छन् ।यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ निरु पालले संघीयता नामको सेतो हात्ती नेपालले धान्न नसक्ने भएकाले प्रदेश खारेज गर्नुपर्ने बताएकी छन्।

प्रधानमन्त्री ओलीलाई अनुरोध गर्दै उनले हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएकाले संघीयता आवस्यक नभएको तर्क गरेकी छन् ।सामाजिक सञ्जाल फेसबुकमा बिहीबार साँझ विघटित प्रतिनिधी सभाकी सांसद पालले प्रदेश खारेज गरेर स्थानीय तहलाई बलियो र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्ने धारणा राखेकी छन्।

उनले आर्थिक स्थिति कमजोर भएको मुलुकले संघीयता धान्न नसक्ने दाबी गरेकी छन्।‘मलाई पार्टीले कारबाही गरेपनि गरोस्, कुनैदिन टिकट पाएछु र जनताले हराएछन भनेपनि ठिकै छ सहुँला।’ उनले भनेकी छन्,‘तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक। प्रत्येक नेपालीको टाउकोमा विदेशीको ऋण छ।’

विघटित प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक समितिकी सभापति पालले तलब र भत्तामै देशको ढुकुटी नसिध्याउन अनुरोध गर्दै स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाएर जनताको घरदैलोमा सेवा पुर्‍याउनुपर्ने बताएकी छन्। ‘प्रधानमन्त्री ज्यू, यो संघियता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन मुठ्ठी भर नेता त खुसि छौ कोहि मुख्यमन्त्री, कोहि प्रदेश मन्त्री, कोहि सांसद छौं, तलब भत्तामै देशको ढुकुटि न सिध्याऔं।’उनले लेखेकी छन्,‘जनताले चाहेको अधिकार विकेन्द्रिकरण हो बरु स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔं, जनताको घरदैलोमा सर्वसुलब ढंगले सेवा पर्‍याऔं। ’

‘प्रदेश सरकार खारेज गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गरौं ।’ उनले भनेकी छन्, हाम्रो मुलुकले यत्रो तामझाम बेहोर्न सक्दैन, नेताहरुको सुरक्षा पनि कटौती गरौं सम्माननीय प्रधानमन्त्री ज्यु यहि एजेन्डा लिएर जनतामा जाँदा राम्रो हुनेछ। मेरो अनुरोध हजुरलाई।’

प्रतिकृया दिनुहोस्

ओली समूहको निर्णय यस्तो अब राष्ट्रपतिलाई सिफारिस गर्ने

नेकपा विभाजनपछिको ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

मैले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्नु हुँदैन भनेको थिएँ, मान्नुभएन : सुवास नेम्बाङ

काठमाडौं ,संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन...

अब ओलीलाई राम मन्दिरको मूल पुरोहित बनाइदिऊँ: सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने...

रामचन्द्र पौडेललाई राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री यसरी हुँदैछ सहमती

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएसँगै राजनीतिक घटनाक्रम कसरी अघि बढ्ला भन्ने...

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग...