News Portal

गृहमन्त्री बादलको ओली क्याम्पभित्र विद्रोह, यी नेताहरुसहित प्रचण्ड समूहमा जाने पक्का !

एनपर्दा संवाददाता
५९२१ पटक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पक्षको राष्ट्रिय युवा संघको भेलालाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकट युवाले बहिष्कार गर्दै आन्तरिक विद्रोह गरेका छन् । एकता प्रक्रिया नै नटुंगी ओली पक्षले एकलौटी रूपमा भेला राखेकाले बहिष्कार गरेको बादलनिकट नेता वीरु तामाङले जानकारी दिए ।

आईतवार उद्घाटन भएर सोमवारसम्म चलेको भेलामा पूर्व माओवादीका कुनै पनि केन्द्रीय सदस्य सहभागी नभएको तामाङले बताएका छन् ।प्रधानमन्त्री ओली र गृहमन्त्री बादल पक्ष गरी युवा संघमा रहेका २ वटा पक्षबीच एकता प्रक्रिया नटुंगिँदै भेला राखेकाले बहिष्कार गर्नुपरेको जनाइएको छ ।तत्कालीन एमालेको युवा संघ र माओवादी केन्द्रको वाइसीएल एकीकृत भएपछि बनेको राष्ट्रिय युवा संघको केन्द्रीय समितिमा ३३५ सदस्य रहेका थिए । तीमध्ये पूर्व एमाले तर्फका १९२ जना र माओवादी केन्द्रका १४३ जना रहेका थिए ।

नेकपा विभाजनपछि माओवादीतर्फका युवामध्ये ३८ जना केन्द्रीय सदस्य थापाकै पक्षमा छन्, जसको नेतृत्व तामाङले गरिरहेको स्रोतले जनाएको छ । माओवादी तर्फका बाँकी १०५ जना युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’सँग रहेको तामाङले बताए ।

युवा संघका संयोजक रमेश पौडेल र बादल पक्षले ब्यूँताएको वाईसीएलका संयोजक वीरु तामाङ युवा संघको केन्द्रीय समितिको बैठकमा ८० जना सहभागी नभएका तामाङले बताए ।‘पूर्व वाईसीएलका ४२ केन्द्रीय सदस्य र युवा संघका ३८ जना समेत गरी ८० जना बैठकमा गएनौं,’ तामाङले भने, ‘उहाँहरूले केन्द्रीय कमिटीको बैठक भनिराख्नुभएको छ, जुनियर मान्छे राखेर कसरी केन्द्रीय बैठक हुन्छ ? कि नाम सार्वजनिक गर्नुपर्‍यो, रमेश पौडेलजीले केन्द्रीय कमिटीको नाम समेत सार्वजनिक गर्नुभएको छैन ।’

गृहमन्त्री थापाले माघ ९ गते आफ्नै सचिवालयमा रहेका तामाङको नेतृत्वमा युवासंघमा रहेका केही युवाहरूलाई लिएर पूर्व वाइसीएल ब्युँताएका थिए ।बैठक बहिष्कार गरेका वाइसीएलका युवाहरू आन्तरिक छलफलमा रहेका छन् । कुरा नमिले वाइसीएललाई युवा संघको समानान्तर संगठन बनाउने तयारी समेत गरिएको छ ।ओली पक्षका युवा संघका केन्द्रीय सदस्य प्रभातविक्रम कटुवालले बादल पक्षीय युवाहरू बैठकमा नआएको र सहमतिको प्रयास भइरहेको जानकारी दिए ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको समर्थन र बचाउ गरेका गृहमन्त्री बादल आफू निकट ३७ जना केन्द्रीय सदस्य सबैलाई छाडेर ओलीसँगै बसेका छन् । पूर्व माओवादीका अधिकांश नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षमा लागेपनि बादल ओली पक्षमा छन् ।एक्लै ओली पक्षमा लागेका बादलले युवामार्फत् आफ्नो शक्ति जुटाउन थालेका छन् । बादलले पूर्व जनमुक्ति सेनाका केही कमान्डरसँग भेट गरेर तिनलाई आफूतिर तान्ने कोसिस गरेका छन् । त्यसपछि वाइसीएल पनि ब्यूँताएका छन् । बादल वाइसीएललाई तत्काल युवा संघमा नगाभ्ने पक्षमा समेत देखिएका छन् ।

बादल यतिबेला ओली समूहमा आफ्नो बलियो पकड बनाउने प्रयत्नमा रहेका छन् । ओली पक्षले माघ २३ गते गरेको सभामा बागमती प्रदेशका सबै जिल्लाबाट मानिस ल्याउन थापालाई समेत दबाब परेको थियो । माघ २१ गते आयोजना गरिएको मोटसाइकल र्‍यालीमा पनि थापा पक्षले काठमाडौंको गौशालाबाट छुट्टै मोटरसाइकल जुलुस निकालेर शक्ति प्रदर्शन गरेको थियो ।

प्रतिकृया दिनुहोस्

ओली समूहको निर्णय यस्तो अब राष्ट्रपतिलाई सिफारिस गर्ने

नेकपा विभाजनपछिको ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

मैले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्नु हुँदैन भनेको थिएँ, मान्नुभएन : सुवास नेम्बाङ

काठमाडौं ,संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन...

अब ओलीलाई राम मन्दिरको मूल पुरोहित बनाइदिऊँ: सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने...

रामचन्द्र पौडेललाई राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री यसरी हुँदैछ सहमती

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएसँगै राजनीतिक घटनाक्रम कसरी अघि बढ्ला भन्ने...

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग...