News Portal

यो मितिमा यसरी शानदार रुपमा सार्बजनिक हुँदैछन् नेत्रबिक्रम चन्द बिप्लव

एनपर्दा संवाददाता
५२२ पटक

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सार्वजनिक हुने खुलासा भएको छ । विप्लव समूहसँग संयुक्त रणनैतिक मोर्चा बनाएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले यस्तो खुलासा गरेका हुन् । तर, कहिले सार्वजनिक हुने प्रष्ट पारेनन् ।‘नेत्रविक्रम चन्द अब सार्वजनिक हुनुहुन्छ,’ ऋषि धमलासँग रेडियो एनआरएनसँग कुराकानी गर्दै कट्टेलले भने,‘हत्या हिंसा विप्लवको वाध्यता हो ।’

विप्लव शान्तिपूर्ण संघर्षमा आउन चाहेपनि सरकारले वातावरण नबनाएको बताए । उनले क्रान्तिको बाटो हतियार नभएको तर्क गरे । वैज्ञानिक समाजवादका लागि आफूहरुले संयुक्त रणनीतिक मोर्चा बनाएको उनको भनाई थियो । बिहिबार विप्लव, मोहन वैद्य किरण, ऋषिराम कट्टेल र आहुती नेतृत्वको चार कम्युनिस्ट घटकले संयुक्त रणनीतिक मोर्चा घोषणा गरेका थिए । उनीहरुले संघर्षका कार्यक्रम पनि ल्याएका थिए ।

यता बिप्लव निकटको उच्च श्रोतले दिएको जानकारी अनुसार उनी सरकारले प्रतिबन्ध फुकुवा गर्नासाथ शानदार सार्वजनिक कार्यक्रम मार्फत सार्वजनिक हुनेछन् । जसमा आम नागरीकलाई उनले आगामी बाटोको बारेमा मन्तब्य समेत दिने बताइएको छ ।

‘विप्लवको सेल्टर खोज्न सेना परिचालन’
सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव भूमिगत छन् । भिडियो सन्देश र प्रेस वक्तव्यमार्फत् धारणा बाहिर ल्याइरहने विप्लव सरकारद्वारा सर्वाधिक खोजीमा छन् । उनको दलका अन्य प्रभावशाली नेताहरु पनि खोजीमा छन् ।

विप्लवसँग सरकारले वार्ताको भित्र भित्रै पहल गरिरहेको विषय उठ्ने गरेको छ । खानेपानीमन्त्री मणिचन्द्र थापा विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई नख्खु जेलमै भेट्न पुगे । ओली समूहका केही नेताहरु विप्लवसँग विभिन्न माध्यमले सम्पर्क स्थापित गरी वार्ताको पहल गरिरहेका छन् । नेकपा अध्यक्ष प्रचण्डले पनि विप्लवसँग सम्पर्क स्थापित गरी अगाडि बढ्न खोजेको विषय आउने गरेको छ ।

तर, विप्लव समूहसँग नजिक रहेका एकजना लेखकले विप्लवलाई नेपाली सेना परिचालन गरेर खोजिरहेको विषय उठाएका छन् । उनले इरातोखबरमा एक लेखमार्फत् उक्त विषय उठाएका हुन् । थपलियाले लेखेका छन्, ‘ओली आफै वार्ताको प्रचार गर्ने अनि महासचिव विप्लवको सेल्टर खोज्न नेपाली सेना परिचालन गर्नुले राजनीतिक अनिष्टता बुझ्न कुनै कठिनाइ हुनुहुँदैन ।’

ओलीले विप्लवसँग सम्पर्क गर्ने च्यानलहरु खोज्दै हिंडेको विषय पनि उल्लेख गरेका छन् । उनले प्रचण्डको भूमिकामाथि समेत आशंका गर्दै विप्लव समूहलाई प्रतिबन्ध लगाउँदा ओलीले पार्टीमा छलफल नै नगरेको दाबी गर्नुलाई कपटीपूर्ण र झुट भनेका छन् ।

२८ फागुन २०७५ मा सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । ओलीले विप्लव नेतृत्वको नेकपालाई सिध्याउँछु भनेर कदम चालेपनि आफै घरझगडामा फस्न पुगेको थपलियाको टिप्पणी छ । उनले विप्लव नेतृत्वको नेकपाले ओली सरकारसँग वार्ता पनि नगर्ने र प्रचण्डसँग भित्री सहकार्य पनि नगर्ने आशयका साथ लेखेका छन् ।

प्रतिकृया दिनुहोस्

ओली समूहको निर्णय यस्तो अब राष्ट्रपतिलाई सिफारिस गर्ने

नेकपा विभाजनपछिको ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

मैले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्नु हुँदैन भनेको थिएँ, मान्नुभएन : सुवास नेम्बाङ

काठमाडौं ,संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन...

अब ओलीलाई राम मन्दिरको मूल पुरोहित बनाइदिऊँ: सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने...

रामचन्द्र पौडेललाई राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री यसरी हुँदैछ सहमती

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएसँगै राजनीतिक घटनाक्रम कसरी अघि बढ्ला भन्ने...

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग...