
काठमाडौं, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संसद पूनःस्थापना गर्ने अदालतको फैसलापछि के को दिपावली ? के को रुवाबासी ? बाँकी हेर्दै जाने हो भन्ने प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-राजनीतिले संसदमा असर गरेको हो,संबिधानले होईन।त्यो गोलचक्कर त उसैगरि चलिरहन्छ नि।राजनीति आ(आफ्नै तालसुरमा चलिरहन्छ।के को दिपावली के को रुवाबासीरु बाँकी हेर्दै जाने हो।
केपी ओलिले नयाँ पार्टी दर्ता गर्दै: यस्तो हुने चुनाव चिन्ह
काठमाडौं: केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताको तयारी गरेका छन् ।संसद् पुनर्स्थापना भए नयाँ पार्टी दर्ता गर्ने यो समूहको तयारी अगाडि बढेको हो ।संसद पुर्नस्थपना नभएको खण्डमा भने तत्काल कुनै पार्टी दर्ताको काम अगाडि बडढ्ने छैन’ एक नेताले भने ।संसद पुर्नस्थापना भएको अवस्थामा आफ्ना कार्यकर्ता सुरक्षित गर्न ओलीले तुरुन्तै अर्को पार्टी दर्ता गर्न लागेका हुन् ।
‘‘संसद् पुनर्स्थापना भयो भने तुरुन्तै अर्को पार्टी दर्ता हुन्छ । आफ्ना मान्छेहरु सेक्युर गर्नु त पर्यो’ ती नेताले भने ।ओली समूहका नेताहरु संसद् पुनर्स्थापना भए अर्को निर्वाचनसम्म पार्टी एकता गर्नुपर्छ भन्न पनि थालेका छन् ।‘दुई वर्ष लम्बिएर चुनाव हुने हो भने त्यस बेलासम्म पार्टी एकता गर्न सकिन्छ कि भनेर कुरा हुन थालेको छु,’ उनले भने, ‘नत्र अहिलेको आधारमा त विजोक हुन्छ भन्ने परेको छ ।’
ओलीले वडा भन्दा तलसम्म छुट्टै पार्टी संरचना बनाइसकेका छन् । यो पनि पढ्नुहोस:नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ ।शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका छन् ।
यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०-५० प्रतिशत हुने भएको छ ।मापदण्डअनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिनेछ ।
त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने’ मापदण्डमा भनिएको छ ।यस्तै पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुन सदस्य संख्यामा पनि ५०-५० प्रतिशत हुनेगरी बिशेष व्यवस्था गर्न सहमति भएको छ । एमाले र माओवादीबीच एकता हुँदा ६०-४० को अनुपातमा एकता भएको थियो ।