News Portal

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री !

एनपर्दा संवाददाता
११४५९ पटक

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग गरेका प्रचण्ड माधव समुहले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीको अफर गरेको बुझिएको छ । बुधवार देउवा निवास बुढानिलकण्ठमा भेट गर्न गएका प्रचण्ड नेपालले देउवालाई यस्तो प्रस्ताव गरेका हुन् ।

नयाँ राजनीतिक परिवेशमा आफुहरु प्रधानमन्त्री नबन्ने सार्वजनिक अभिब्यक्ति दिएका पचण्ड नेपालले देउवालाई प्रधानमन्त्री बन्ने अफर लिएर गएको स्रोतले जनाएको छ । सर्वोच्चको फैसला पछि चितवनमा आमसभा समेत सम्बोधन नगरी हतारमा काठमाडौ आएका उनीहरु बिहान देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए ।

देउवा निवास बुढानिलकण्ठमा तीन नेताबीच भएको छलफलमा प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव ‘अफर’ गरेका हुन् । नेकपा उच्च स्रोतकाअनुसार तीन नेताबीच झण्डै ४५ मिनेट भएको छलफलमा प्रचण्ड र नेपालले गरेको प्रस्तावप्रति देउवा सकारात्मक बन्दै दलभित्र छलफल गरेर निर्णय दिने बताएका थिए ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले पनि छलफल सकारात्मक भएको प्रतिकृया दिएका छन् । उनले नेताहरुबीच समझदारीबाटै अघि बढ्न नेताहरु सहमत भएको आफुले पाएको बताए । प्रचण्ड र माधवको प्रस्तावमा देउवा पनि सकारात्मक भएको बताइएको छ । उनले पार्टीका अन्य नेताहरुसंगको छलफल पछि निर्णय दिने आश्वासन प्रचण्ड नेपाललाई दिएका छन् ।

प्रतिकृया दिनुहोस्

….त्यसपछि जबर्जस्ती हातमा समातेर जंगलतर्फ तान्दै लगेर….

मानसिक सन्तुलन गुमाएकी अन्दाजी २६ वर्षीया युवतीको क र णी पछि ह त्या गरेको आशंकामा...

पार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने-बुझाउने प्रयास सकियो, अब एक्शन शुरु हुन्छ…

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने...

एमसीसी पास गर्ने पक्षमा काँग्रेस, एमसीसी कुनै हालतमा रोक्न हुन्न: देउवा

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपा`ली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ ।...

वडाध्यक्षले सेवाग्राही कुटे (भिडियोसहित)

पोखरा । तनहुँको भीमाद ८ का वडाध्यक्षले बिहीबार बिहान एक सेवाग्राहीलाई कुटेका छन् । वडा...

गृहमन्त्री रामबहादुर थापा बादललाई हराउने योजना बुनिदै…

काठमाण्डौँ । आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ...