News Portal

ओली समुहमा रुवाबासी, दाहाल-नेपाल समूहलाई नेकपाको आधिकारिकता

एनपर्दा संवाददाता
३२७१ पटक

काठमाडौं, । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दाहाल-नेपाल समूहलाई दिने भएको छ । आधिकारिकतासम्बन्धी विवादमा आयोगले केन्द्रीय कमिटीमा जस्को बहुमत हुन्छ उसैलाई दिने तयारी गरेको हो । नेकपा विभाजित हुँदा दाहाल नेपाल समूहको केन्द्रीय कमिटीमा बहुमत देखिएको थियो । तर, त्यसको प्रमाणिकरण गरेपछि मात्र आयोग निर्णयमा पुग्ने बुझिएको छ ।

आयोग स्रोतका अनुसार एकपटक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा र दाहाल नेपाल समूहको नेकपालाई पत्राचार गरी बोलाउने छ । मौजुदा केन्द्रीय कमिटी सदस्य र प्रतिनिधि सभा सदस्यहरु कुन पक्षमा बढी छन् भन्ने प्रमाण संकलन गर्नेछ ।

एमाले ब्युँतिए ओली नै प्रधानमन्त्री
निर्वाचन आयोगमा संवैधानिक इजलास गठन गर्ने र आवश्यक परेमा एमिकस क्युरी समेत राखेर निर्णय लिने प्रक्रिया समेत मिलाइएको बुझिएको छ । सबै प्रक्रिया अपनाउँदा वैशाखसम्म पनि निर्णय आउन लाग्न सक्छ, आयोग स्रोतले भन्यो । सुर्य चिन्ह र पार्टीको आधिकारिकतको विषयमा आयोगमाथि चौतर्फी दबाब बढिरहँदा प्रक्रियामा गएर टुंगो लगाउने तयारी भएको हो ।

प्रमाणकै आधारमा कानुन बमोजिम आधिकारिकता दिने निर्णय हुने आयोग स्रोतले जनाएको छ । नेकपा विभाजनको अवस्थाको केन्द्रीय कमिटीमा दाहाल नेपाल बहुमतमा थिए । संसदीय दलमा पनि प्रचण्ड नेपाल बहुमतमा देखिन्छन् ।कोसँग कति केन्द्रीय सदस्य र सांसद छन् भन्ने हस्ताक्षरसहित आयोगले प्रमाणित गर्ने भएको छ । त्यसैका आधारमा बहुमत पक्षधरलाई आधिकारिकता प्रदान गर्ने भएको हो ।प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि ५ पौषमा नेकपा विभाजित भएको थियो । तर, वैधानिक रुपमा दुवै नेकपा एक छन् । दुवै समूहले आधिकारिकताको दाबी गर्दै आएका छन् ।

कुन आत्मविश्वासले ओलीले संसदको सामना गर्छु भने : नेकपाको वैधानिकताको निर्णय दिन निर्वाचन आयोगले तयारी गरिरहँदा ऋषि कट्टेलले दायर गरेको नेकपा दर्ताविरुद्धको मुद्दा २० फागुनमा फैसला आउने क्रममा छ । तर, निर्वाचन आयोगले त्यसपछिको मितिमा मात्र निर्णय दिने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

….त्यसपछि जबर्जस्ती हातमा समातेर जंगलतर्फ तान्दै लगेर….

मानसिक सन्तुलन गुमाएकी अन्दाजी २६ वर्षीया युवतीको क र णी पछि ह त्या गरेको आशंकामा...

पार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने-बुझाउने प्रयास सकियो, अब एक्शन शुरु हुन्छ…

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने...

एमसीसी पास गर्ने पक्षमा काँग्रेस, एमसीसी कुनै हालतमा रोक्न हुन्न: देउवा

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपा`ली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ ।...

वडाध्यक्षले सेवाग्राही कुटे (भिडियोसहित)

पोखरा । तनहुँको भीमाद ८ का वडाध्यक्षले बिहीबार बिहान एक सेवाग्राहीलाई कुटेका छन् । वडा...

गृहमन्त्री रामबहादुर थापा बादललाई हराउने योजना बुनिदै…

काठमाण्डौँ । आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ...