News Portal

पुनः पार्टी एकता हुन्छ – योगेश भट्टराई

एनपर्दा संवाददाता
६७७० पटक

नेपाल कम्युनिष्ट (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीलाई एक बनाउन आफूहरुले प्रयास गर्ने बताउनुभएको छ ।प्रेस सङ्गठन नेपालको प्रदेश नं. २ स्तरीय भेलालाई आज सम्बोधन गर्दै नेता भट्टराईले नेकपामा एकता चाहनेको संख्या अधिक भए पनि केही व्यक्तिका कारण पार्टी अप्ठ्यारोमा परेको बताउनुभयो ।

नेता भट्टराईले भन्नुभयो, “नेकपा एक होस् भन्ने धेरैको चाहना छ तर केही व्यक्तिको हठका कारण पार्टी अहिले जटिल परिस्थितिमा फसेको छ ।” उहाँले गत चुनावमा पार्टी एक भएकै कारण चुनाव जितिएको स्मरणसमेत गर्नुभयो । कार्यक्रममा नेकपाका नेता रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत महत्वकांक्षाका कारणले पार्टी अप्ठ्यारोमा पुगे पनि सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरिएको बताउनुभयो ।

यो पनि : राजनीतिक निकास दिन बारको आग्रह
नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सर्वोच्च अदाललते गरिसकेको हुनाले राजनीतिक दलले संवैधानिक नैतिकता देखाएर मुलुकलाई राजनीतिक निकास र स्थिरतता प्रदान गर्न आग्रह गरेको छ ।

बार एशोसिएशनको वार्षिक साधारणसभा तथा ४७औँ केन्द्रीय कार्यकारिणी परिषद्को यही फागुन १४ र १५ गते सम्पन्न भएको बैठकले जारी गरेको नौ बुँदे घोषणापत्रमा मुलुकलाई राजनीतिक निकास दिन आग्रह गरिएको हो ।

नेपालको संविधानको धारा ११४ ले सङ्घीय संसदको दुबै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही सुधार गर्न आवश्यक परेमा मात्र अध्यादेश जारी गर्न सकिने व्यवस्था गरेको उल्लेख गर्दै जुनसुकै समय र अवस्थामा त्यसको प्रयोग नगर्न घोषणापत्रमा भनिएको छ । घोषणापत्रमा संसदीय सुनुवाइबिना नै संवैधानिक निकायका पदाधिकारी नियुक्त गरिनु संविधानको मर्म र भावना विपरीत भएको जनाएको छ ।

नेपालको संविधानको धारा २९२ मा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने संवैधानिक निकायका पदाधिकारीको नियुक्ति हुनुपूर्व संसदीय सुनुवाइ हुनु पर्ने व्यवस्था गरेको र संसदीय सुनुवाइबिनै गरिएको नियुक्ति संविधानको भावना र मर्मत विपरीत भएको घोषणापत्रमा भनिएको छ ।

गत मङ्सिर ३० गते संवैधानिक परिषद्ले संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गरेको थियो । संसद् विघटनको समयमा ४५ दिनसम्म संसदीय सुनुवाइ हुन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस आयोगका पदाधिकारीलार्ई नियुक्ति दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्

एमसीसी पास गर्ने पक्षमा काँग्रेस, एमसीसी कुनै हालतमा रोक्न हुन्न: देउवा

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपा`ली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ ।...

वडाध्यक्षले सेवाग्राही कुटे (भिडियोसहित)

पोखरा । तनहुँको भीमाद ८ का वडाध्यक्षले बिहीबार बिहान एक सेवाग्राहीलाई कुटेका छन् । वडा...

गृहमन्त्री रामबहादुर थापा बादललाई हराउने योजना बुनिदै…

काठमाण्डौँ । आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ...

…अनि डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए : बामदेव गौतम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेको नेता वामदेव गौतमले...

भारतका पूर्वजर्नेलको डरलाग्दाे खुलासा : हिन्दूराष्ट्र र राजसंस्था हटाउन माओवादीलाई शक्तिमा पुर्यायौं (भिडियोसहित)

काठमाडौं । नेपाल भारतबीचको सीमा विवाद उत्कर्षमा पुगेको छ । नेपालको सीमा मिच्दै आएको भारतले...