News Portal

ओलीलाई छोडे माओवादीका यी ३ नेताले, भने हामी आफ्नै पार्टीमा फर्कीयौ !

एनपर्दा संवाददाता
५०२६ पटक

काठमाडौ । राजनीतिक घटनाक्रम परिवर्तन भएपछि नेताहरु पूर्ववत पार्टीमा फर्कने क्रम जारी छ । सर्वोच्च अदालतको पछिल्लो फैसला पछि पनि आफ्नो पुरानो पार्टी छोडेर फरक नेताको साथमा लागेकाहरु अब फर्कन थालेका छन् । प्रदेश २ मा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका नेकपा माओवादी केन्द्रका तीन प्रदेश सांसद आफ्नै पार्टीमा फर्किने भएका छन्।

उनीहरुले ओलीको साथमा नरहने निर्णय गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदममा साथ दिएर प्रचण्डको साथ छोडेकाहरु अब फेरी माओवादी केन्द्रमै फर्कने निष्कर्षमा पुगेका हुन् । ओलीको पक्षमा लागेका चार जनामध्ये कुन्दन कुशवाहा, रामचन्द्र मण्डल र मो। समिरले माओवादीमै फर्किने निष्कर्षमा पुगेका छन् । ओली पक्षमा लागेकी माओवादीकै ज्वालाकुमारी साहले भने निर्णय सुनाएकी छैनन् ।

प्रदेश २ मा नेकपा एमालेका २१ र माओवादी केन्द्रका ११ जना सांसद छन्। दुवै दल एकता हुँदा नेकपामा ३२ जना सांसद रहेका थिए। तर पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपश्चात नेकपाका सांसदहरु दुई गुटमा विभाजित भएका थिए।

जसमध्ये प्रचण्ड–माधव पक्षमा १९ जना सांसद खुलेका थिए भने १३ जना ओली पक्षमा लागेका थिए । प्रदेश २ नेकपा संसदीय दलका नेता समेत रहेका ओली पक्षका स्थायी समिति सदस्य सत्यनारायण मण्डललाई प्रचण्ड–माधव पक्षले कारबाही गरी हटाएर सत्रुघन महतोलाई दलको नेता बनाएका थिए।

प्रतिकृया दिनुहोस्

….त्यसपछि जबर्जस्ती हातमा समातेर जंगलतर्फ तान्दै लगेर….

मानसिक सन्तुलन गुमाएकी अन्दाजी २६ वर्षीया युवतीको क र णी पछि ह त्या गरेको आशंकामा...

पार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने-बुझाउने प्रयास सकियो, अब एक्शन शुरु हुन्छ…

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने...

एमसीसी पास गर्ने पक्षमा काँग्रेस, एमसीसी कुनै हालतमा रोक्न हुन्न: देउवा

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपा`ली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ ।...

वडाध्यक्षले सेवाग्राही कुटे (भिडियोसहित)

पोखरा । तनहुँको भीमाद ८ का वडाध्यक्षले बिहीबार बिहान एक सेवाग्राहीलाई कुटेका छन् । वडा...

गृहमन्त्री रामबहादुर थापा बादललाई हराउने योजना बुनिदै…

काठमाण्डौँ । आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ...