News Portal

मन्त्रिपरिषद् पुनः गठनको तयारी, को–को भित्रिँदै, को–को बाहिरिँदै…

एनपर्दा संवाददाता
४०२० पटक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनः गठनको तयारी गरेका छन् । सर्वोच्च अदालतबाट नेकपा एमाले र माओवादी केन्द्र ब्युतिएसंगै प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाएर नयाँ मन्त्रीहरु नियुक्त गर्न लागेका हुन् ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद हेरफेरबारे कुराकानी हुन थालेको स्वीकार गरे। छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘त्यसबारे पनि छलफल सुरु भएको छ।’

नयाँ मन्त्रीहरुमा जनता समाजवादी पार्टीका नेताहरुलाई ल्याउन खोजिएको छ । तर, जसपाका नेताहरु सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा दुई धारमा विभाजित भएका कारण मन्त्रिपरिषद पुनः गठनमा ढिलाइ भएको छ ।

जसपा आउन समय लाग्ने भए त्यो भन्दा अगाडि नै पनि प्रधानमन्त्री ओलीले नयाँलाई अवसर दिउँ भनेर मन्त्रिपरिषद पुनः गठनको तयारी गरेको वालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार यसपटक मन्त्रिपरिषद पुनः गठन हुँदा स्वास्थ्यमन्त्री हृदयस त्रिपाठी बिदा हुँदैछन् । नयाँमा बामदेव गौत्तमलाई मन्त्री बनाउन लागिएको जनाएको छ । २०७४ फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको थियो । https://janadeshkhabar.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

….त्यसपछि जबर्जस्ती हातमा समातेर जंगलतर्फ तान्दै लगेर….

मानसिक सन्तुलन गुमाएकी अन्दाजी २६ वर्षीया युवतीको क र णी पछि ह त्या गरेको आशंकामा...

पार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने-बुझाउने प्रयास सकियो, अब एक्शन शुरु हुन्छ…

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने...

एमसीसी पास गर्ने पक्षमा काँग्रेस, एमसीसी कुनै हालतमा रोक्न हुन्न: देउवा

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपा`ली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ ।...

वडाध्यक्षले सेवाग्राही कुटे (भिडियोसहित)

पोखरा । तनहुँको भीमाद ८ का वडाध्यक्षले बिहीबार बिहान एक सेवाग्राहीलाई कुटेका छन् । वडा...

गृहमन्त्री रामबहादुर थापा बादललाई हराउने योजना बुनिदै…

काठमाण्डौँ । आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ...